• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एक्लिदै प्रचण्ड : कृष्णबहादुर महरा पनि ओली अध्यक्ष रहेको एमालेमा जाने


काठमाडौं ।आफूलाई झुट्टा मुद्दामा जबर्जस्ति फसाउदा पनि प्रचण्डले साथ नदियर कारबाही गरि धोका दियको निकटवर्तीहरूलाई बताउदैआयका कृष्णबहादुर महराले प्रचण्डको साथ छोड्ने बताईएको छ | नेकपा माओवादी केन्द्रका नेताहरुले केपी शर्मा ओली अध्यक्ष रहेको

नेकपामा जानेक्रम नरोकिने भएको छ । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर गठन गरिएको नेकपालाई सर्वाेच्च अदालतले हालै खारेज गरिदिएपछि नेताहरु पार्टी परिवर्तनको अवस्थामा पुगेका छन् । एमाले र माओवादी केन्द्र ब्यूँतिएसँग आफ्नो राजनीतिक भविष्य सुरक्षित बनाउन नेताहरु दल परिवर्तनमा लागेका हुन् । माओवादीका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापासहितका २३ जना नेताहरु एमालेमा गइसकेका छन् । र उनीहरु मध्ये केही मन्त्री र सांसद् पनि छन् । तर, मन्त्री र सांसद् पद गुमाउन तयार रहेका उनीहरु माओवादी केन्द्रमा नफर्कने र एमालेमै रहने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्मा ओवादी केन्द्रका शीर्ष नेता कृष्णबहादुर महरा पनि ओली अध्यक्ष रहेको एमालेमा जाने तयारी गरिरहेका स्रोतको भनाइ छ ।

महरासहित सात माओवादी केन्द्रका नेताहरु एमालेमा जान लागेका हुन् । उनीहरुलाई एमालेमा लैजान हालै सार्वजनिक भएका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भूमिका खेलेको बताइएको छ । तर, यसबारे महरासहितका नेताहरुले एमालेमा जानेबारे केही बताइसकेका छैनन् । तर, स्रोतको दाबीअनुसार उनीहरु एमालेमा जाने तयारीमा रहेका छन् । महरासहित सात नेताहरु एमालेमा जाने भनिए पनि मिति र समय भने एकीन भइनसकेको स्रोतले जनाएको छ ।

कार्यकर्ता जोगाउन मुस्किल
साविक नेकपा खारेज भए पनि ओली समूहमा रहेका नेताहरु एमालेमै रहे भने प्रचण्ड समूहमा रहेका नेताहरु पनि ओली समूहमा जाने तयारीमा रहेपछि माओवादी केन्द्र नेता तथा कार्यकर्ता जोगाउन सकसमा परेको छ ।

प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा दिन माग गरेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिई सकेको छैन । द्वैध चरित्र देखाइरहेको माओवादी केन्द्रलाई आफ्ना नेता तथा कार्यकर्तालाई जोगाउन मुस्किल पर्न थालेको हो । माओवादी केन्द्रबाट एकातर्फ प्रधानमन्त्रीको राजीनामा माग्ने अर्कोतर्फ समर्थन फिर्ता नलिने र कार्यकर्ता भटाभट एमालेमा जान थालेकाका छन् ।

पछिल्लोपटक भएको निर्वाचनमा माओवादी केन्द्रले ल्याएको मत परिणामलाई आंकलन गरेर नेताहरु राजनीतिक भविष्य सुरक्षित बनाउन पनि नेताहरु ओली क्याम्पमा जान थालेको टिप्पणी हुन थालेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार