• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

झाँक्रीको नेतृ हुन ‘वजन नपुग्ने’ भन्दै ओलीले मानेनन् कारवाही गर्न


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्व को बैठकले पाँच नेता लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।आफु निकटको केन्द्रीय कमिटी बैठकले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

उनीहरुमाथि पार्टीहितविरुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकारलाई बद्नाम गराउन गुटगत भेला गरेको आरोप छ ।यसै गरि नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्री पार्टीबाट कारवाही पर्दापर्दै अन्तिम समयमा जोगिएकी छन् । स्पष्टिकरण सोधिने नेताहरुको सूचीमा उनको नाम भए पनि ओलीले पछि रोकेको एक नेताले बताए । झाँक्रीको ‘वजन नपुग्ने’ भन्दै नाम हटाउन ‘कन्भिन्स’ गरेको ती नेताको भनाइ छ । यसैगरी नेकपा एमालेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ‘तानाशाही’ भएको आरोप माधवकुमार नेपाल पक्षले लगाइरहेका बेला अध्यक्ष ओलीलाई थप शक्तिशाली बनाउने एजेण्डा पास भएको छ ।

नेपाल पक्षको सहभागिताविनै शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको एजेन्डामार्फत अध्यक्ष ओलीलाई अरु अधिकार थपेर शक्तिशाली बनाएको हो ।

ओली पक्षको दाबी अनुसार १२ औं बैठकले अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकको एजेण्डा पारित गरेसँगै देशभरका समानुपातिक सांसद हटाउन र राख्न सक्ने अधिकार अव दलका नेतासमेत रहेका ओलीमा पुगेको छ ।

नेकपाभित्र विवाद चुलीमा पुग्दै गर्दा आज केन्द्रीय कमिटी बैठक डाकिएको हो । तर, नेपाल खनाल समूहले बैठक बहिष्कार गरेको छ । आज संसदीय दलको बैठकमा पनि नेपाल खनाल समूहका तीन सांसद मात्र पुगेका थिए । बामदेव गौतम तटस्थ भूमिकामा छन् । उनी पनि बैठकमा पुगेका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार