• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

के तपाई बाइक चलाउँनुहुन्छ ? यो पढ्नुस्


यदि तपाई पनि एक ठाउँ बाट अर्को ठाउँ मा जान बाइक को प्रयोग गर्नुहुन्छ भने यो पढ्नुहोस् तपाई का लागि उपयोगी हुन्छ। रफ्तारका सौखिन पुरुष का लागि बाइक चलाउँनु सौख मात्रै होइन , आवश्यकता पनि बनेको छ । तर, बाइक को यात्राको अवधिमा बाइक

चालकलाई धेरै समस्या झेल्नुपर्ने हुन्छ । के–के छन्, त्यस्ता समस्या जान्नुहोस् । घाममा छाला डढ्ने – बाइक चलाउँने जो–कोहीको गुनासो भनेको लगातार बाइक चलाउनाले उसको हातको छाला घामले डढ्ने गर्छ । यदि तपाई पनि बाइक चलाउँने क्रममा हातको छाला डढ्छ भन्ने लाग्छ भने पूरा बाहुलाको कपडा लगाउँनुहोस् । बाहिर निस्कदा हातमा सनस्क्रिम लगाउनले गर्नुहोस् ।

सुख्खा छाला – बाइक चलाउने व्यक्तिको प्रायजसो अनुहारको छाला फूस्रिने गर्छ । गर्मीमो हावाले सिँधै अनुहारमा हानेमा त्यहाँको छाला सुख्खा हुन्छ । त्यसैले अनुहारमा राम्रो गुणस्तरको ‘मोइश्चरराइजर’ लगाएर निस्कनुहोस् ।

अनुहारमा फोका – धूलो मसिएको हावाले अनुहारमा हानलेपछि फोका आउँने गर्छ । यस्तो समस्या नहोस् भन्नका लागि बाहिरबाट आउने बित्तिकै अनुहारलाई राम्ररी सफा गर्नुहोस् ।

कम्मर दुख्ने – बाइक चलाउँने व्यक्तिलाई कम्मर दुख्ने पनि समस्या रहन्छ । लामो समयसम्म बाइक चलाउँदा हात र कम्मपरमा दुखाई हुनथाल्छ । यसका लागि लगातार लामो समयसम्म बाइक चलाउँनबाट रोकिनु पर्यो ।

औँलामा गाँठो – बाइक चलाउँने व्यक्तिको औलाहरुमा ऐठन हुनका साथै गाठो जस्ता पनि बन्न थाल्छ । यसका लागि हातमा पञ्जा लगाएर हिड्नुपर्छ ।

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार