• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एक्कासी ४० प्रतिशत ले घट्यो खाना पकाउने ग्यासको मूल्य, हेर्नुहोस् कति पुग्यो ?


खाना पकाउने ग्यासको मूल्य घटेको छ। सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ तर मूल्य घट्दा पनि प्रतिसिलन्डिर आठ हजार रुपियाँ तिर्न उपभोक्ता बाध्य छन् । जिल्लाका दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिका राष्ट्रिय सडक

सञ्जालसँग जोडिएपछि ४० प्रतिशत मूल्य घटेको हो । एउटा ग्यास सिलिन्डरको मूल्य आठ हजारमा झरेको स्थानीय जयदेवी शाहीले बताइन् । यसअघि सिमकोटमा मुगुको गमगढीबाट खच्चडमा बोकाएर ल्याएको ग्यासको मूल्य प्रतिसिलिन्डर १४ हजार थिया । करिब ४० प्रतिशत मूल्य घटेपछि ग्यास प्रयोग गर्न थालिएको उनले बताए । मूल्य घटेपछि हुम्लामा खाना पकाउने ग्यास प्रयोग गर्नेको सङ्ख्यामा पनि बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो पनि , राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वका लागि तीन प्रतिस्पर्धी मैदानमा, कसले मार्ला बाजी ?
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको भावी नेतृत्वका लागि तीन जनाले महत्वाकांक्षी देखिएका छन् । आगामी चैत ७ गते हुने महासंघको दोस्रो साधारणसभा तथा नयाँ नेतृत्वको निर्वाचनका लागि तीन जनाले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

अध्यक्षमा व्यवसायी कुमार कार्की, अञ्जन शाक्य र माधव खरेलको उम्मेदवारी परेको महाधिवेशन तयारी समितिका संयोजक गोविन्द कार्कीले जानकारी दिएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका कार्की हाल महासंघको वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् भने शाक्य महासचिव र खरेल उपाध्यक्ष हुन् ।

यता,वरिष्ठ उपाध्यक्ष र महासचिवमा भने हालसम्म एक–एक जनाको मात्रै उम्मेदवारी परेको समितिले जनाएको छ । संयोजक कार्कीका अनुसार वरिष्ठ उपाध्यक्षमा नयनबहादुर पण्डित क्षेत्रीको एकल उम्मेदवारी परेको छ भने महासचिवमा पनि रत्न घिमिरेको एकल उम्मेदवारी परेको छ ।

वरिष्ठ उपाध्यक्षका उमेदवार क्षेत्री वर्तमान समितिका प्रथम उपाध्यक्ष हुन् भने महासचिवका उमेदवार घिमिरे सचिव हुन् । यता,अन्य कार्यकारिणी समिति सदस्यहरुमा भने ८ खुला उपाध्यक्षमा १३ जनाको उम्मेदवारी परेको र अन्य पदहरुमा पनि आवश्यक पद भन्दा दोब्बरले

नै उम्मेदवारी परेको महासंघले जनाएको छ । आगामी शनिबारका लागि तय भएको निर्वाचन कार्यक्रममा महासंघले बिहान उद्घाटन सत्र सक्ने र दिउँसो निर्वाचनको गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार