• २०८१ भाद्र २३ गते आइतवार
  • Preeti To Unicode

गौतमबुद्ध क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान


चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेचीमहाकाली अभियान सुरु गरिने भएको छ । धुर्मस-सुन्तली फाउण्डेशन ले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गए पछि अभियान सुरु गर्न

लागिएकोहो ।चैत्र १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए । उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए । अभियानमा सहभागी हुने टोलीलाई सोमबार विहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४०५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे । ‘महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ, हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’

फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘रंगशाला निर्माण सबै जसो जिल्लाको सहभागता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।’ उनले हरेक जिल्लामा दुई दिन रहेर रंगशालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गरिने बताए । रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएकोले

एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने बताए । प्रत्येक जिल्लाका पालिकाहरुलाई पत्राचार गरिसकिएको छ । सो टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहनेछन् ।

महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ । रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार