• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

प्रदेश संसद्को पद जाने भएपछी मुख्यमन्त्री राई र पौडेल विरुद्धको अविश्वास प्रस्ताव फिर्ता


काठमाडौं । प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ।नेकपा एमाले माधव पक्षको हालै बसेको स्थायी समिति बैठकले प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको हो।हाम्रो पक्षको

स्थायी समिति बैठक बसेर बागमती र प्रदेश १ मा दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय भएअनुसार फिर्ता गर्न लागिएको हो । एकदुई दिनभित्रै अविश्वास प्रस्ताव फिर्ता गर्दैछौ’, प्रदेश १ का अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेश सभा सदस्य राजेन्द्रकुमार राईले जानकारी दिए । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशमा डोरमणि पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता भएको थियो । यससँगै उनीहरुको पद तत्कालका लागि जोगिने देखिएको छ । प्रदेश १ मा पुस १२ र बागमती प्रदेशमा पुस १० दश गते एमालेको माधव पक्ष र माओवादी केन्द्रका सांसदहरु मिलेर अविश्वास प्रस्ताव दर्ता गरेका थिए । एमालेमा मुख्यमन्त्री राई र पौडेल प्रधानमन्त्री केपी ओली पक्ष भनेर चिनिन्छन् ।

एमाले पार्टी कार्यालय अब थापाथलीमा, ओलीले गरे निरीक्षण
धुम्बाराहीमा रहेको नेकपा (एमाले)को पार्टी कार्यालय थापाथलीमा सर्ने भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले बुधबार कार्यालय भवनको निरीक्षाण गरेका छन्। थापाथली पुगेर नयाँ पार्टी मुख्यालयको भवनको निरीक्षण गरेको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। एमालले थापाथली हाइटस्थित उमंगमार्गमा रहेको एक व्यवसायीको घरलाई पार्टी कार्यालय बनाएको हो। उक्त घर पाँच वर्षको लागि भाडामा लिएको जनाइएको छ।

कार्यालय सचिव रिजालले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले धूम्रबाराहीस्थित पार्टी मुख्यालय थापाथलीमा सर्न लागिएको जानकारी दिए। ‘चक्रपथ विस्तारका क्रममा धुलोधुवाँ हुने भएकाले अहिलेको कार्यालयमा आवतजावत गर्न समस्या हुन्छ,’उनले भने, त्यसैले थापाथलीमा कार्यालय सर्न थालिएको हो । हामी चाँडै सर्छौँ।’

२०७२ सालको भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई पार्टी मुख्यालय सञ्चालन गरेको थियो । प्रतिष्ठानको भवनको भाडा मासिक दुई लाख २५ हजार रुपैयाँ थियो । एमालेले पुरानै मुख्यालय भएको स्थान बल्खुमा नै अत्याधुनिक भवन बनाउने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन वैशाख ९ गते भवनको शिलान्यास गर्ने तयारी छ ।

प्रकाशित मिति : २०७७ चैत्र ११ गते बुधवार