• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

ओली समूहलाई स्पष्टीकरण सोध्ने तयारीमा माधव समूह


काठमाडौं। नेकपा एमालेको ओली समूहपछि एमालेको माधव नेपाल समूहले ओली समूहलाई स्पष्टीकरण सोध्ने भएको छ । तीन दिने ओली समूहले पठाएको स्पष्टीकरणको जवाफ समयसीमाभित्रै दिने बताउँदै स्पष्टीकरणको जवाफसहित ओलीलाई पनि प्रश्न सोधेर जवाफ दिने तयारी

भइरहेको जनाइएको छ । ओली पक्षले सोधेको तीनदिने स्पष्टीकरणको म्याद आज (बुधबार) सकिँदैछ । तीन दिनअघि एमाले महासचिव ईश्वर पोखरेलले बरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई छुट्टाछुट्टै स्पष्टीकरण पत्र पठाएका थिए ।

ओली समूहले पठाएको स्पष्टीकरण पत्रमा नेताहरुले पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेकाले कारबाही किन नगर्ने ? भन्दै तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ । चैत ७ गते बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सो बैठकमा माधव समूहका नेताहरु अनुपस्थित थिए भने माधव समूहले बैठक बसिरहकै समयमा ५ बुँदे मागपत्र पठाएको थियो । एमाले उपाध्यक्ष भीम रावलले भने अध्यक्ष ओलीले नक्कली कमिटी गठन गरेर सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने प्रतिक्रिया दिएका छन् ।

उनका अनुसार मनपरी ढंगले गरिएका क्रियाकलापहरु आफूहरुलाई अमान्य छ ।

प्रकाशित मिति : २०७७ चैत्र ११ गते बुधवार