• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७७ चैत्र १२ गते बिहीवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७७ चैत १२ गते, बिहीवार, २५ मार्च २०२१ । फाल्गुण शुक्लपक्ष एकादशी तिथि ( ६:०७ बजेदेखि द्वादशी ), अश्लेषा नक्षत्र। चन्द्रराशि– कर्कट। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५७ बजे र सूर्यास्त : साँझ ०६:०९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय :

बिहान ०६:०५ बजे र सूर्यास्त : साँझ ०६:१७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१० बजे र सूर्यास्त : साँझ ०६:२२ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आकस्मिक धन लाभ हुनसक्छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । मणीय र सुखद् यात्राको योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न नसकिएला । खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । पारिवारिक सहयोग मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रतिकूल समयले घेरेको छ, संयम रहनु उचित होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना पनि छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्त संग रमणीय र सुखद् यात्राको योग छ । तिर्थाटनको योग पनि रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अतिथिका रूपमा सम्मान पाइनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । स्वादिष्ट भोजन पनि पाईनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यको थालनी हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । शेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार