• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

झुक्यो नेपाल समुह : बालुवाटारको बैठकमा योगेश भट्टराईलगायत सांसद्हरु उपस्थित हुने


नेकपाएमालेको नेपाल र झलनाथा खनाल समूहका सांसद हरू बालुवाटार मा बोलाइए को संसदीय दलको बैठकमा सहभागी हुने
भएका छन् ।शुक्रबार पार्टी संसदी दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओली ले बोलाउनुभए को संसदीय दलको बैठक मा माधव–खनाल समूह

पनि सहभागी हुने भएको जनाइएको छ ।नेपाल–खनाल समूहका एक जना सांसदका अनुसार बैठकमा सबै जाने तयारी भइरहेको छ । ती सांसदका अनुसार खनाल–नेपाल जाने नजाने भन्ने विषयमा यकिन जानकारी आइसकेको छैन ।साथै, नेपाल पक्षका स्थायी समिति सदस्यसमेत रहेका निवर्तमानमन्त्री एवं सांसद योगेश भट्टराई जाने पक्का भइसकेको उनले बताए ।यसअघि ओली समूहले बोलाएको बालुवाटारको बैठकमा नेपाल पक्षका सांसदहरु उपस्थित भएका थिएनन् । बैठकमा अनुपस्थित र पार्टीविपरीत काम गरेको भन्दै ओली समूहले तीन दिने स्पष्टीकरण सोधेको थियो । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले चार नेताहरुलाई स्पष्टीकरण सोधेको थियो । वरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावलले बिहीबार नै स्पष्टीकरणको जवाफ दिए पनि सांसद घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले अझैँ स्पष्टीकरण दिएका छैनन् ।

पार्टी एकता कायम राख्न सबैले कोसिस गरौं : योगेश भट्टराई
नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता कायम राख्न सबैले कोसिस गर्नुपर्ने बताएका छन्। बिहीबार साँझ नेता भट्टराईले थोरै लचकता अपनाए पार्टी एकता जोगाउन सकिने धारणा सार्वजनिक गरेका हुन्।‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोसिस गरौं। थोरै पनि लचकताबाट यो सम्भव छ।’ भट्टराईले ट्वीटरमा लेखेका छन्,‘बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दशकौं पछि धकेल्ने छ। अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ।’

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदीय दलको बैठक बोलाएपछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। यसअघि बैठकमा अनुपस्थित माधवकुमार नेपाल पक्षीय नेताहरू आजको संसदीय दलको बैठकमा सहभागी हुने बताए पनि अन्तिम टुङ्गो भने लगाइसकेका छैनन्।भट्टराईले २०४७ सालको संविधानप्रति पार्टीका तर्फबाट मदन भण्डारीले २७ बुँदे फरक मत प्रेसित गरेको स्मरण गरेका छन्। आज तिनै विषयमा सार्वजनिक बहसमा भएको बताउँदै उनले कतिपयका धारणा २७ बुँदेको विपरित देखिएकाले मदन भण्डारी गलत हुनुहुन्थ्यो भन्नखोज्नु भएको हो ? भन्दै प्रश्न गरेका छन्।

‘२०४७ सालको संविधानप्रति पार्टीका तर्फबाट कमरेड मदन भण्डारीले २७ बुँदे फरक मत प्रेसित गर्नुभएको थियो। ति २७ बुँदा सबैले एकपटक पढौं। २०४७ कार्तिक २५ गते खुल्लामञ्चको आमसभामा संविधानप्रति पार्टीको आलोचनात्मक समर्थन रहेको धारणा राख्नुभयो।’ उनले फेशबुकमा लेखेका छन्, ‘आज तिनै विषयमा सार्वजनिक बहस हुँदैछ। कतिपयका धारणा २७ बुँदे को विपरित देखिन्छन्। आजका धारणालाई सहि मान्नेले मदन भण्डारी गलत हुनुहुन्थ्यो भन्न खोज्नु भएको हो?’

सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आआफ्नो कित्तामा फर्किएका छन्। यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’- माधव नेपाल समूहमा गएका एमालेका नेताहरु र ओली पक्षबीच असमझदारी बढ्दै गएको छ। माधव कुमार नेपाल-झलनाथ खनाल पक्ष र पार्टी अध्यक्ष केपी ओली दुई समूहमा देखिएका छन्।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार