• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आफ्नो पक्षमा जम्मा ४५ जना मात्रै केन्द्रीय सदस्य उपस्थित भए पछि रोए : माधब नेपाल


नेकपा एमालेको झलनाथ खनाल र माधव कुमार नेपाल पक्षलाई केन्द्रीय सदस्यले समेत साथ दिन छाडेका छन् । आफु पक्षमा ९० जना केन्द्रीय सदस्य रहेको दा’वी गर्दै आएको सो गुटमा करिव चार दर्जन सदस्यमात्र सहभागी भएका छन् । पार्टी प्यालेसमा आफ्नो गुटको केन्द्रीय

कमिटीमा २०५ निर्वाचित केन्द्रीय सदस्यमध्ये ४५ जना उपस्थित भएको नेताहरुले बताएका छन् ।”तर, सो पार्टी प्यालेसका एक कर्मचारीले बताएअनुसार बैठकमा मुस्किलले ४० देखि ४५ जना रहेको    बताए । तयारी ९० देखि १०० जनाको गरेको भएपनि हल पुरै खाली रहेको उनले बताए । नेता नै उपस्थित नभएपछि ११ बजेका लागि भनेर बोलाइएको बैठक १२ बजे पछि मात्रै शुरु भएको थियो । “सो गुटका नेताहरुले भने केही सदस्य उपत्यका बाहिर भएकाले सबै सदस्य सहभागी नभएको दाबी गरेको छ । सो गुट त्यागेर एमालेको संस्थापन पक्षमा आउनु भएका सांसद कृष्ण भक्त पोखरेलले पनि सो समुहमा मुस्किलले एमालेका मध्ये १० प्रतिशत नेता कार्यकर्ता भएको बताउनु भएको छ ।

“त्यहा नेताहरुको आ’कर्षण निक्कै रहेको उहाको भनाई छ । पार्टीको आधिकारीक बैठक बहिष्कार    गर्ने तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भने दिनका दिन गो’प्य भेटवार्ता गर्ने गरेपछि सो समुहभित्र विद्रोह उत्पन्न भईसकेको नेताहरुको भनाई छ ।‘”एमालेलाई एक ढिक्का बनाउन नेतृत्वसँग छलफल गर्नुपर्नेमा अर्को पार्टीका अध्यक्षसँग निरन्तर छलफल    गर्नु शं’कास्पद देखिन्छ’, नेपाल गुटमै रहेका एक केन्द्रीय सदस्यले भन्नुभयो, ‘यो त एमाले सकाउने र माओवादी जगाउने काम भयो नि, त्यो त स्विकार गर्न सकिन्न ।’

“केन्द्रीय कमिटी बैठकपछि खनाल–नेपाल पक्षले सांसद हरूसँग पनि परामर्श गर्ने भएको छ ।नेपाल-खनाल पक्षकाे बैठक सक्योनेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ ।”कलंकीको मेगा पाटी प्यालेसमा अपराह्न १२ बजेबाट सुरु भएको बैठक ४५ जना केन्द्रीय सदस्य उपस्थित रहेको बताइएको छ ।बैठकमा नेता नेपाल र सुरेन्द्र पाण्डेले वर्त मान परिस्थिति बारे ब्रिफिङ गरेका थिए ।

“पार्टीले सोधेको स्पष्टीकरणको जवाफ र अध्यक्ष केपी शर्मा ओ”लीले चाल्न सक्ने आगामी कदमप”छि”को रणनीतिबारे उनीहरू जानकारी गराएको बताइएको छ ।केन्द्रीय कमिटी बैठक सकिएपछि सांसद छलफल सुरु भएको छ । “परामर्शपछि बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठक जाने र नजाने बारे निर्णय लिने बताइएको छ ।श्रोत पाथिभरा।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार