• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

अन्ततः माधव – झलनाथले निकाले यस्तो निष्कर्ष ! अब के होला ?


नेकपा एमाले भित्र फरक मत राख्ने नेता हरु त्यहीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।माधव नेपाल समूहका अधिकांश केन्द्रीय सदस्य र सांसद हरुले पार्टी भित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हुन् । सर्वोच्च अदालत ले फागुन २३ गते पूर्ववत् रुप मा एमाले र माओवादी

ब्युँताइदिएपछि एमालेमा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूखुसी केन्द्रीय कमिटीको बैठक राखेर नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद उत्पन्न भएको थियो । नेपाल समूहका नेताहरुले छुट्टै राष्ट्रिय भेला गरी समानान्तर कमिटी बनाउन थालेपछि ओली समूहले नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो । त्यसपछि विवाद झनै उत्कर्षमा पुगिरहेकै बखत नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्क्यौलमा पुगेको छ । शुक्रबार र शनिबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । अधिकांश केन्द्रीय सदस्यहरुले व्यक्तिवाद र अवसरवादसँग लडाइँ ल’ड्ने, व्यक्तिवादसँग जोडिएर आएको अवसरवादजस्ता विषयसँग सजग रहनुपर्ने धारणा राखेका छन् ।
आजको नागरिक दैनिकमा समाचार छ ।

प्रचण्डले पठाए ओलीलाई यस्तो संदेश, ओलीको जवाफ के आउला ?
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् । बृहत्त नागरिक आन्दोलनद्वारा आज काठमाडौंस्थित् प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थत फिर्ता लिने तयारी गरेको पनि जनाए । ओली सरकार प्रतिगामी भनेर आफूहले भनिसकेकोले अब पनि सरकारलाई समर्थन दिईनरहने जनाए ।

उनले भने,‘हत्तपत्त समर्थन फिर्ता लिँदा झन उल्टो पर्छ है भनेकोले म रोकिएको हो, तर, म केही दिनभित्रै त्यो प्रक्रिया अघि बढाउँछु । मेरो नैतिकता बचाउँछु । मैले प्रधानमन्त्रीको कदम असंवैधानिक भनेको हो । त्यसैले अब अविश्वासको प्रस्ताव र समर्थन फिर्ता सँगसँगै होस भन्ने चाहेको हो । म कुर्नेवाला छैन् ।’कार्यक्रममा माधव नेपालसँगै उपस्थिति भएका प्रचण्डलाई कार्यक्रमका प्रस्तोता कृष्ण खनालले सरकारलाई दिएको समर्थन कहिले फिर्ता लिनुहुन्छ भनी सोधेका थिए । जवाफमा प्रचण्डले भने, ‘विरोधीले जे कुरालाई राम्रो भन्छऽ त्यसलाई राम्रो ठान्नु हुन्न रे राजनीतिमा ।

विरोधिले जे नराम्रो ठान्छ त्यसलाई सकारात्मकरुमपा हेर्नुपर्छ रे । हिजो ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा भएका साथीहरुले हत्त न पत्त समर्थन फिर्ता नली है भनेर मलाई जबरजस्त दवाव दिनुभएको छ ।झन् उल्टो पर्छ है भन्नुभएको छ ।’ प्रचण्डले अगाडि थपे, ‘तर म अब नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिनँ । जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई धेरै समर्थन गर्न सक्दिनँऽ चाहे जेसुकै होस । केही दिनभित्रै त्यो प्रक्रिया अगाडि बढाउँछु । अविश्वास प्रस्ताव र समर्थनसँगै होस भनेर दारा किटेर समर्थनलाई रोकेको मात्र हो ।’

प्रचण्डले सर्वोच्चले संसद विघटन उल्टाएपछि आफूहरुले रिल्याक्स महसुस गरेको बताए । ‘त्यसलाई ठूलो यु’द्ध जितेको ठानेर हामीले रिल्याक्स गरेकै हो, त्यो गल्ति भयो,’ प्रचण्डले भने ।

प्रकाशित मिति : २०७७ चैत्र १५ गते आइतवार