• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

मनिषाले भावुक हुँदै भनिन्, मेरो बच्चा हुन्छ भन्ने सोचेर नै हतारमा विवाह गरेकी थिए तर पाठेघरकै क्या न्स र हुन्छ भन्ने कल्पना पनि गरेकी थिइन (भिडियो हेर्नुस्)


काठमाडौ । म पनि अरु महिला जस्तै हो । मेरो पनि आमा बन्ने चाहना थियो । मलाई लाग्थ्यो म पनि कुनै दिन आमा बन्नेछु।तर मलाई अब कहिल्यै आमा बन्न नसक्ने बनायो । त्यो सम्झदा निकै दुख लाग्छ , यो भनाई हो अभिनेत्री मनिषा कोइराला को । उनको जिवन निकै

लाभलाग्दो थियो । सबै उनको जस्तो जिवन चाहन्थे । तर मनिषालाई नै विश्वास नै नलाग्ने रोग लाग्यो ।सुरुमा मनिषालाई लाग्यो कतै चिकित्सकले गलत अनुसन्धान पो गरे की ? तर तीन पटकको परिक्षणवाट पनि त्यही निष्कर्ष निकाले पछि मनिषालाई पाठेघरको क्या न् सर भएको प्रष्ट भयो । बच्चालाई जन्मदिन आवश्यक पर्ने पाठेघर नै नभएपछि अहिले मनिषाको आमा बन्ने चाहना पुरा नहुने भएको छ । आमा बन्नका लागि अन्य तरिका पनि छन् तर आफैले ९ महिना कोखमा राखेर सन्तान जन्माउने यो चाहना भने अब कहिल्यै पुरा नहुने भएको छ ।

मलाई लागेको थियो मेरो बच्चा हुन्छ भनेर तर पाठेघरकै क्या न्स र हुन्छ भन्ने लागेको थिएन । मलाई बच्चा जन्माउने ठूलो रहर थियो त्यसैले विवाह पनि गरेकी थिए, उनले यती भन्दा निकै भावुक भइन् । उमेर बढ्दै गएका कारण आमा बन्नकै लागि आफुले हतारमा विवाहको निर्णय गरेको मनिषाको भनाई छ । २०१० देखि नै कुरा आइरहेको भएपनि उनले हतारमा विवाह गरेको बताइन् । त्यो उनको जिवनको सबैभन्दा ठूलो गल्ती भएको पनि अहिले लागेको छ ।

विवाहको केही समय पछि उनलाई आफुले असहज महशुष गरेको पनि बताएकी छन् । उनले आफुले भोगेको ति कुराहरु समेटेर पुस्तक पनि निकालेकी छन् । जिजिविसामा उनले सबै कुरा खुलाएकी छन् ।

प्रकाशित मिति : २०७७ चैत्र १५ गते आइतवार