• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

धारामा झर्‍यो मेलम्चीको पानी जनता खुशी हुँदै सरकारलाइ धन्यवाद दिए ( पानी आउने तालिका सहित)


मेलम्चीबाट आएको पानी काठमाडौँ बासीमा घर घरमा पुगेको छ। अघिपछि बन्द रहने धाराबाट पानी आएपछि स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । आइत” बार काठमाडौँ उपत्य का खाने पानी लिमिटेड ले महाङ्काल स्थित पानी सङ्कलन तथा प्रशोधन केन्द्र बाट चावहिल,सर

स्वतीनगर, गौशाला, एयरर्पोट क्षेत्रका वितरण प्रणा -लीमा पानी पठाएको हो ।“काठमाडौँ चुच्चेपाटीका माधव डंगोलले पनि मेलम्चीको पानी धाराबाट झर्दा खुसी व्यक्त गरे । उनले भने–‘यसरी पानी झर्दा त खुसी नै लागि रहेको छ । सधैंभरी यसरी नै पानी आइरहे त राम्रै हो । पहिलेजस्तो नहोस् ।’ पहिले ३ दिन मा २ घण्टा पानी पानी आाउदा समस्या भएको बता -उँदै उनले ड्रममा पानी भरेर राख्नुपर्ने अवस्था रहेको बताए ।उनले भने, ‘अब सधैंभरी यसरी नै पानी आयो भने ड्रममा भरेर राख्नुपरेन । समस्याको हल भयोहोली पर्वका दिन पारेर महाङ्काल पानी ट्याङ्कीबाट भल्भ खोलेर केयू केयलका कार्य कारी नि”र्देशक मिलन कु”मार शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्दे -शक संजीव विक्रम राणा,

“महांकाल चौर शाखा प्रमुख उमेश मरहट्टा र खानेपानी सञ्चालन विभाग प्रमुख सतिश दत्तले एकैसाथ भल्भको साँचो घुमाएर ट्याङ्कीमा भण्डारण गरिएको पानी वितरण प्रणालीमा पानी पठाएका हुन् ।आज २ बजेदेखि बेलुका ८ बजेसम्म चाबहिल, मित्रपार्क, बत्ती”सपुतली, सरस्वती, मैजुबहाल, एयरपोर्ट, जय बागेश्वरी क्षेत्रमा पानी पठाइए को छ । यस्तै राती ८ बजेदेखि १२ बजेसम्म अनामनगर, घट्टेकुलो, डिल्ली बजार क्षेत्रमा पानी वितरण गरिँदैछ ।

यो पनि,,यस्तो छ तपाईंको घरमा मेलम्चीको पानी आउने तालिका (तालिकासहित
“मेलम्चीको पानी एक दिन बिराएर काठमाडौं बासीको धारामा आउने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जारी गरेको तालिकाअनुसार राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरिने छ भने सो पानी राति २ बजेदेखि ९ बजेसम्म न्यु”रोड र क्षेत्रपाटी क्षेत्रमा वितरण गरिनेछ ।

“यस्तै बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कुटुबहाल, सिफल, कालोपुल, मालीगाउँ र विशाल नगर क्षेत्रमा वितरण हुनेछ । मध्यान्ह १२ बजेदेखि साँझ ७ बजे सम्म भने देवकोटा सडक, बत्तीस पुतली, जय बागेश्वरी, चाब हिल क्षेत्रमा मे”लम्चीको पानी आउनेछ ।“यस्तै साँझ ७ बजेदेखि ८ बजेसम्म पुनः महांकालचौरी को ट्यांकी भरिनेछ भने त्यस पछि राति ८ बजेदेखि १२ बजेसम्म मैतीदेवी, घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा पानी आउनेछ ।यस्तै दोस्रो दिन राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरेर २ देखि बिहान ८ बजे सम्म इनबहाल, ज्याठा, भोटा हिटी, कमलाक्षी र नक्साल क्षेत्रमा मेलम्चीको पानी आउनेछ ।

“त्यसपछि फेरि ८ बजेदेखि १० बजेसम्म ट्यांकी भरेर १० देखि ४ बजेसम्म बानेश्वर, सिनामंगल, मिलनचोक र संगम चोक क्षेत्रमा पानी आउनेछ । यस्तै बिहान १० बजेदेखि ४ बजेसम्म नै जय बागेश्वरी, मित्र पार्क, चावहिल, रातोपुल, काली माटी डोलमा पानी आउनेछ ।

“यस्तै अपरान्ह ४ बजेदेखि ५ बजेसम्म ट्यांकी मा पानी भरेर फेरि साँझ ५ देखि मध्यराति १२ बजेसम्म चारखाल, डिल्लीबजार, कमलादी, बागबजार, त्रिपुरेश्वर क्षेत्रमा पानी आउनेछ ।पानी आउने दिनको पहिलो दिनमा आइतबार र दोस्रो दिनमा सोमबार मान्दा त्यसको एक दिन बिराएर धारमा पानी आउनेगरी तालिका बनाइए को छ । यस्तो छ तपाईंको घरमा मेलम्चीको पानी आउने तालिका ( रातोपटिबाट।

प्रकाशित मिति : २०७७ चैत्र १५ गते आइतवार