• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७७ चैत्र १६ गते सोमवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७७ चैत १६ गते,साेमवार, २९ मार्च २०२१।चैत्र कृष्णपक्ष प्रतिपदा तिथि, हस्त नक्षत्र (१६ः५१ बजेदेखि चित्रा)। चन्द्रराशि–कन्या। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०६ :११ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०० बजे

र सूर्यास्त : साँझ ०६:१९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०५ बजे र सूर्यास्त : साँझ ०६:२५ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाईएला । गफैको भरमा काम बन्न सक्छ । कला र गलाको प्रभाव बढ्नेछ । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत पनि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु पनि क्षय होलान् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सानातिना समस्यामा अल्झिनुपर्नेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर धन हात पर्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्त एवं इष्टमित्रसँग भेटघाट होला । कामविशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ, तर एक्लैले विभिन्न जिम्मेवारी निर्वाह गर्नुपर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आँटेको कार्यमा बाधा आउनसक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट रहला । लाभदायक यात्रा हुनेछ र नयाँ कार्यको योजना बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,तर खानपिनमा ध्यानदिनुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने र सफल यात्रा गर्नुपर्नेछ । सामाजिक काममा सफलता प्राप्त हुनेछ, तर चोटपटकको भय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफन्तसङ्ग भेटघाट हुने र सहयोग पाईनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुची पनि बढ्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार