• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राजनीतिक करियर धरापमा परेपछि अन्तत: योगेश भट्टराई आए ओली समुहमा


नेकपाएमालेका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन हरसम्भव प्रयास गरिनुपर्ने बताएका छन् । थोरै पनि लचकताबाट यो सम्भव रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । पछिल्ला गतिविधिले एमाले विभाजन नजिक पुगेको उनको आशय छ।”एमाले विभाजन

भएपछि हुन नोक्सानीले मुलुकलाई दशकौँपछि धकेल्ने चेतावनी पनि उनले दिएका छन् । अतिवाद र अस्थिरताले के सम्म गर्छ भन्ने कुरा निकट विगतलाई सम्झे मात्रै पुग्ने उनले बताएका छन् ।‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ । थोरै पनि लचकताबाट यो संभव छ ।”बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगत लाई सम्झे मात्र पुग्छ’, भट्टराईले ट्विटरमा लेखेका छन् ।नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्चको फैसलापछि एमालेभित्र पनि विभा -जनको रेखा कोरिन थालेको छ ।
“प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनुशासनको डण्डा चलाएपछि माधवकुमार नेपाल र उनी पक्षीय नेताहरु आक्रामक छन् । यद्यपि योगेश भट्टराई ले पछिलो पटक आफ्नो कित्ता परिवर्तन गरि केपी ओली समुहमा आफुलाई उभ्याएको, र यो पाटी एकताको लागि गरेको स्वयम् योगेस ले ऋषि धमला संग दिएको पछिल्लो अन्तरबार्ता मा बताएका छन्।

संसद बैठक स्थगित गर्ने ओलीको तयारी
प्रतिनिधिसभा पुनस्र्थापनापछि संसदलाई बिजनेस दिन नसकिरहेको सरकारले संसद बैठक स्थगन गर्ने तयारी थालेको छ । बैशाखमै बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले जारी बैठक तत्काल स्थगन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो । ‘प्रधानमन्त्री केपी शर्मा ओली तत्कालै संसद बैठक अन्त्य गर्ने पक्षमा हुनुहुन्छ,’ स्रोतले रातोपाटीसँग भन्यो, यसबारे राष्ट्रपति र सभामुखसँग पनि प्रधानमन्त्रीले छलफल गरिसक्नुभएको छ ।

प्रधानमन्त्री ओलीले तीन दिनअघि बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकमा पनि बर्खे अधिवेशन बैशाखमै सुरु गर्नुपर्ने भएकाले जारी संसद बैठक अन्त्य गर्ने तयारी भइरहेको जानकारी गराएका थिए ।गत पुस ५ गते ओलीले संसद विघटन गरेपछि सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनस्थापना गरिदिएको थियो । अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन निर्देशन दिएपछि तोकिएकै मितिमा बैठक सुरु भए पनि संसदले सरकारबाट बिजनेस पाउन सकेको छैन ।

ओलीको विरोध गर्दै सडकमा उत्रेका विपक्षीहरुले पनि यसवीचमा संसदमा ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सकेनन् ।यसैवीच माओवादीले ओली सरकारलाई दिँदै आएको समर्थन केही दिनभित्रै फिर्ता लिने तयारी भइरहेको नेकपा माओवादी केन्द्रका एक नेताले रातोपाटीलाई बताए । त्यसैगरी, फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको दर्ता खारेज गरिदिएको विरुद्धमा पुनरावलोकनका लागि आज (सोमबार) माओवादी केन्द्रले पुनरावलोकनका लागि आवेदन दिने स्रोतले बतायो ।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार