• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

भोलिदेखि सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय


काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ ।वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।शुक्रबारदेखि काठमाडौं उपत्यकासहित

देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा मौसमविद्का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसंग परामर्श गरेका थिए । त्यसलगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताका कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको बताएका हुन् । अब सबै शिक्षण संस्था मंगलबारदेखि शुक्रबारसम्म बन्द हुनेछन् ।

चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएको ८ लाख डोज कोरोना खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘यसबारे छिट्टै निर्णय हुन्छ ।’
कहिँ गहुँको छ्वाली डढाएर त कहिँ आगलागी भएर हावामा प्रदूषण फैलिएकाले सास फेर्न गाह्रो हुने र आँखा पोल्ने समस्या देखिएको प्राधनमन्त्री ओलीले बताए । उनले अघि भने, ‘छ्वाली डढाउनु हुँदैन भनेर सरकारले सचेत गराउनुपर्छ । त्यसको प्रभाव अरु देशमा पर्छ भने झन् सचेत हुनुपर्छ ।’

नेपाल सरकार पनि वनमा हुने आगलागी नियन्त्रणका लागि सचेत रहेको प्रधानमन्त्री ओलीले बताए । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ ।

जल तथा मौसम विद्‍हरुका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ, र हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार