• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

माधव नेपाल पक्षका ३ नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन


काठमाडौ । अनौपचारीक रुपमा विभाजन भएको नेकपा एमालेमा ओली पक्षले माधव नेपाल पक्षका नेताहरुलाई कारवाही गर्ने क्रम सुरु भएको छ । ओली पक्षले पार्टी हित विपरित काम गरेको भन्दै माधव समुहका ३ नेतालाई कारवाही गरेको छ । अर्घाखाँचीमा समानान्तर जिल्ला

कमिटी गठन गर्न काममा सकृय भएको भन्दै माधव नेपाल समुहका ३ नेतालाई कारवाही गरेको हो । उनीहरुलाई पार्टीवाट निष्कासन गरिएको छ । नेकपा एमालेका सचिवालय सदस्य रामबहादुर चौहान,संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा। दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाल कारवाहीमा परेका हुन् । उनीहरुलाई पार्टीवाट निकालिएको छ । सोमवार बसेको बैठकले पार्टी हित विपरितको काममा सकृय भएको भनदै निष्कासन गर्ने निर्णय भएको हो । उनीहरुलाई पार्टी संगठित सदस्य पनि नरहने गरी निष्कासन गर्ने निर्णय गरिएको छ ।

एमाले अर्घाखाँची अध्यक्ष चेतनारायण आचार्यले सो कुराको पुष्टि गरेका छन् ।चौहान एमालेका तत्कालीन जिल्ला सचिव थिए । शनिबार मात्रै चौहानको नेतृत्वमा ७० सदस्यीय समानान्तर कमिटी घोषणा भएको थियो । पार्टीबाट निष्कासित चौहानले भने आफुहरु संगठन पुनर्गठन अभियानमा लागेको बताएका छन् । कारवाही गरेपनि आफूहरुको पार्टी पुनर्गठन अभियान नरोकिने उनको भनाई छ ।

यता कर्णाली प्रदेशमा भने नेकपा एमालेको ओली पक्ष र माधव नेपाल पक्षका नेताहरु एक जुट भएका छन् । कर्णाली प्रदेशमा ४० मध्ये २० सिट जितेको नेकपा एमाले महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढाल्न एकढिक्का भएका हुन् ।

शाही नेकपा माओवादी केन्द्रका नेता हुन् । उनको नेतृत्व हटाउन एमालेका दुवै पक्ष एक हुनसक्ने देखिएको छ । अब नेकपा एमालेको एकल सरकार बनाउन ढोका खुलेको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार