• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

प्रचण्ड – नेपालको यो मिसन थाहा पाएपछि ओलीले त्यसपछि लिएका रहेछन् एक्सन


काठमाडौं,चैत १७। सर्वोच्च अदालतले फागुन २३ गते केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खारेज गरी पूर्ववत पार्टी ब्यूँताएपछि पार्टीमै फर्किए पनि एमाले नेता माधवकुमार नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल,प्रचण्डसँगको माया

प्रिती छाडन नसकेको तथ्यले देखाएको छ ।आज मात्रै ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट समेत निलम्बनमा पर्नुभएका नेता नेपालले आजै माओवादी अध्यक्ष प्रचण्डसँग लामो बार्ता गर्नुभयो । प्रचण्डसँग मिलेर आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध गरेको आपराधिक कामका कारण नेता नेपाल एमालेतिर फर्किए पनि मन प्रचण्डतिरै बनाएर बस्नुभएको थियो ।त्यसैको परिणाम उहाँले प्रचण्डसँग निरन्तर सम्वाद अघि बढाउनु भएको हो । पार्टी अध्यक्ष ओलीसँग एक पटक मात्रै वार्ता गर्नुभएका नेपालले प्रचण्डसँग भने दैनिकजसो संवाद गरिरहेको तथ्यले देखाएको छ ।
यस्तो छ प्रचण्ड–माधवको भेट श्रृंखला
फागुन २३ मा नेकपा एमाले र माओवादी केन्द्र फर्किए यताको हिसाब गर्ने हो भने नेपालले प्रचण्डसँग १० पटक भेटवार्ता गरिसक्नु भएको छ । फागुन २३ गते अलग दुई पार्टीमा पुगेका नेपाल–दाहालबीच आजसम्मको भेटको हिसाब गर्ने हो भने १० पटक वार्ता भइसकेको छ । अर्थात् २२ दिनको बीचमा माधवले प्रचण्डसँग १० पटक भेटवार्ता गर्नुभएको हो ।

पछिल्लो समय यी दुई नेताले कोटेश्वरस्थित ब्यापारीको घरलाई आफ्नो भेटघाटको अड्डा बनाउनु भएको छ । कोटेश्वरस्थित व्यापारीद्वय चन्द्रलाल श्रेष्ठ र टपेन्द्र तिमल्सिनाको घरलाई भेटघाटको स्थल बनाउनु भएको हो ।
१. फागुन २४ : सर्वोच्च अदालतको फागुन २३ को निर्णयपछि यी दुई नेताबीच भोलिपल्ट तत्कालीन नेकपाको एउटा कार्यालय पेरिसडाँडामा भेट भएको थियो । जहाँ तत्कालीन नेकपाको माधव–प्रचण्ड समूहको अन्तिम स्थायी कमिटी बैठक बसेको थियो । त्यही बैठकबाट औपचारिक रूपमा प्रचण्ड माओवादी केन्द्रतिर फर्किनुभयो भने माधव नेपाल एमालेतिर फर्किनुभयो ।

२. फागुन २७ : एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि माधव र प्रचण्डबीच फागुन २७ गते कोटेश्वरस्थित व्यापारी चन्द्रलाल श्रेष्ठको घरमा भेटवार्ता भयो ।
३. फागुन २९ : नेपाल र प्रचण्डबीच फागुन २९ गते कोटेश्वरस्थित व्यापारी चन्द्रलाल श्रेष्ठको घरमै दोस्रो भेटवार्ता भयो ।
४. चैत १ : ओलीले आफूलाई पेल्दै लगेपछि सम्भावित रणनीतिका लागि नेता नेपालले कोटेश्वरस्थित उनै व्यापारी चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्डसँग वार्ता गर्नुभयो । उक्त वार्तामा अर्का वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुभएको थियो ।

५. चैत ६ : प्रचण्ड र नेता नेपालबीच चैत ६ गते उनै व्यापारी चन्द्रलाल श्रेष्ठको घरमा पुनः वार्ता भयो ।
६. चैत ८ : माधवले प्रचण्डलाई फेरि भेट गर्नुभयो । यो भेट दुई नेताबीच कोटेश्वरस्थित व्यापारी चन्द्रलाल श्रेष्ठकै घरमा भएको थियो ।
७. चैत ९ : चैत ९ मा माधव र प्रचण्डबीच व्यापारी चन्द्रलाल श्रेष्ठको घरबाट नजिकैका व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा बार्ता भयो ।

८. चैत १२ : तीन दिनपछि दुई नेता फेरि व्यापारी चन्द्रलाल श्रेष्ठकै घरमा बार्ता गर्नुभयो ।
९. चैत १३ : दुई नेताले कोटेश्वरको महादेवस्थानस्थित व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा भेटवार्ता गर्नुभयो ।

१०. चैत १६ : प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच आज पनि कोटेश्वर महादेवस्थानस्थित व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा वार्ता भएको छ । आजको छलफलमा एमाले नेता भीम रावल र माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुभएको थियो । श्रोत जनता टाइम्स

प्रकाशित मिति : २०७७ चैत्र १७ गते मङ्गलवार