• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७७ चैत्र १८ गते बुधवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७७ चैत १८ गते, बुधवार, ३१ मार्च २०२१। चैत्र कृष्णपक्ष तृतीया तिथि, (१८ः२५ बजेदेखि चतुर्थी)।स्वाती नक्षत्र (१३ः४५बजेदेखि विशाखा)। चन्द्रराशि– वृश्चिक। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५१ बजे र सूर्यास्त :साँझ ०६:१२ बजे, काठमाण्डौं, नेपालमा

सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०६:२० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०६:२६ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तसङ्ग रमाइलो भेटघाट हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मनोरन्जनमा सहभागिता भईएला । प्रेममा मधुरता छाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभदायक यात्रा रहनेछ । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । शुभकार्यको चर्चा रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार पनि आउला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । प्रेममा सफलता पाईनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी पनि हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ । अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । मान–सम्मानसमेत प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्ला, तर साँझमा सहयोग मिल्ने र मन प्रसन्न रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज जोश जाँगर र हिम्मत बढ्नेछ । तुर्याईँले बेलिको प्रभावले आँटेको काम हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ पनि हुने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७७ चैत्र १८ गते बुधवार