• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

काठमाडौं ओर्लिएको तीन घण्टामै एटिएम ह्याकमा सक्रिय चिनियाँ, त्यो फोन कल जसले रोक्यो चोरी


काठमाडौं : ‘हाम्रो बैङ्कको एटिएम बुथमा केही शङ्कास्पद गतिविधि भइरहेको छ।’मङ्गलवार मेगा बैङ्कका एक कर्मचारीले महानगरीय प्रहरी वृत्त दरबारमार्गमा डिएसपी रामेश्वर पौडेललेलाई फोनमार्फत् जानकारी दिए। समय करिब ५ बजेर १५ मिनेट गएको थियो। साँझको समय

भिआइपी मोमेन्ट भइरहेकाले पनि डिएसपी पौडेल ड्युटीमा नै खटिएका थिए। लैनचौरको खानी विभागमा उनको डियूटी थियो। त्यसपछि उनी बैङ्कका कर्मचारीले दिएको जानकारी अनुसार काठमाडौंको ज्याठातिर लागे।ज्याठामा रहेको मेगा बैङ्कको एटिएममा गएर हेर्दा बैङ्कका कर्मचारीले दिएको जानकारी अनुसार मानिस थिएनन्। त्यसपछि यताउता हेर्दा एउटा हुलिया ठ्याक्कै मिल्यो। उनी अर्को एटिएम बुथतिर हान्निएका थिए। डिएसपी पौडेललेको टोलीले ती मानिसलाई नियन्त्रणमा लियो।अनुसन्धानबाट खुल्यो उनी २९ वर्षीय चिनियाँ नागरिक हुन् भन्ने। बैङ्कको एटिएममा केही खोलेर उनले सिरियल नम्बर आफ्नो मोबाइलमा खिचेका थिए। जुन दृश्य एटिएमभित्र जडान गरेको सिसि क्यामरामा कैद भएको थियो। त्यही फुटेज र अन्य गतिविधिको आधारमा प्रहरीले चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो। दिउँसो ५ बजेर ३७ मिनेट एटिम झिरेर चिनियाँ नागरिकले बुथमा शंकास्पद गतिविधि गरेको देखिएको छ।

प्रहरी अब उनलाई छोड्ने पक्षमा थिएन। किनकि केही प्रमाण पाइसकेको थियो। त्यसैले प्रहरीले उनी बस्ने होटेलको कोठासम्म पच्छ्यायो। ज्याठाको एक होटेलमा मङ्गलवार नै काठमाडौं आएर कोठा लिएर बसेका रहेछन्। होटेलको चौथो तलमा ४ सय ५ नम्बरको कोठामा बस्थे। प्रहरीले चिनियाँ दोभाषे प्रयोग गरेर उनीसँग कुरा गर्‍यो। चिनियाँ नागरिकले नै आफू बस्ने होटलको बारेमा जानकारी दिएका थिए।’दिउँसो करिब २ बजेतिर काठमाडौं आएर होटेलमा पुगेर कोठा बुक गरेको देखियो। उ नेपाल आएको केही समय पनि भएको थिएन’, महानगरीय प्रहरी वृत्त दरबारमार्गमा डिएसपी रामेश्वर पौडेलले भने। चिनियाँ नागरिक बस्ने कोठाबाट विभिन्न किसिमको १० चाबीको झुप्पा, १० थान एटिएम कार्ड, ड्रिल मेसिन र त्यसमा प्रयोग हुने काँटी लगायतका अन्य सामान समेत फेला पार्‍यो। यसले उनी नेपाल एटिएम ह्याक गर्नको लागि नै आएको भन्ने थप पुष्टी गरिदिएको थियो।

मार्च १० तारिकमा पर्यटन भिसा लगाएर ९० दिन नेपाल बस्ने अनुमति लिएर उनी काठमाडौं झरेका थिए। झरेको केही घण्टामा नै उनी एटिएम बुथमा सिरियल नम्बर क्याप्चर गर्न भन्दै छिरे। तर यतिकैमा उनको मिसन सक्सेस भएन। पक्राउ समेत परे।पक्राउ परेका चिनियाँ नागरिकले आफूले एटिएमको सिरियल नम्बरबाट खिचेर लग्ने योजनमा छिरेको प्रहरीमा प्रारम्भिक बयान दिएका छन्। प्रहरीको आफ्नै अनुसन्धान र प्राविधिक टोलीसँग बुझ्दा पक्राउ परेका चिनियाँ नागरिकले सिरियल नम्बर खिचेर चिन पठाएपछि त्यहाँको गिरोहले थप एटिएम ह्याकको प्रक्रिया सुरु गर्ने खुलेको छ।

‘उसले मलाई चीनबाट नै एटिएम खोलेर सिरियल नम्बरबाट खिचेर पठाउनु भनेर पठाएको थियो भन्ने भनिरहेको छ। थप अनुसन्धान गरिरहेका छौँ,’ डिएसपी पौडेलले भने।यसअघि पनि दरबारमार्ग, ठमेल, लाजिम्पाट लगायत क्षेत्रबाट एटिएम ह्याक गरेको अभियोगमा चिनियाँ नागरिक समातिएका छन्। उनीहरू लाखै रुपैयाँ चोरी गरेका घटना धेरै छन्।

पक्राउ परेका चिनियाँ नागरिक

चिनियाँ नागरिक चीनबाट नै योजना बनाए एटिएमबाट रकम चोरी गर्नको लागि नै नेपाल आउने गरेको खुलेको छ। जसको पछिल्लो उदाहरण मङ्गलवार पक्राउ परेका २९ वर्षीय चिनियाँ युवा हुन्। उनी एक दिन काठमाडौं बसेर पोखरा जाने अनि चीन फर्किने योजनामा रहेको प्रहरीलाई बताएका छन्। उनी पहिलो पटक नेपाल आएको पासपोर्टबाट खुल्छ।

प्रकाशित मिति : २०७७ चैत्र १८ गते बुधवार