• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७७ चैत्र २० गते शुक्रवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७७ चैत २० गते, शुक्रवार,२ अप्रिल २०२१। चैत्र कृष्णपक्ष पञ्चमी तिथि,अनुराधा नक्षत्र (१०ः१६ बजेदेखि ज्येष्ठा)। चन्द्रराशि–
वृश्चिक। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४८ बजे र सूर्यास्त : साँझ ०६:१३ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान

०५:५६ बजे र सूर्यास्त : साँझ ०६:२१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०१ बजे र सूर्यास्त : साँझ ०६:२७ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तसङ्ग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विवेकले काम नगर्न सक्छ र खनपिनमा सचेत रहनु नै उचित हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ शैक्षिक क्षेत्रमा समस्या आउला, तर वैदेशिक कार्य अघि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । स्वास्थ्य सबल नै रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक कार्य र सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । ईष्टमित्रहरूसित भेटघाट हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७७ चैत्र १९ गते बिहिवार