• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७७ चैत्र २१ गते शनिवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७७ चैत २१ गते, शनिवार, ३ अप्रिल २०२१। चैत्र कृष्णपक्ष षष्ठी तिथि, (११ः१३ बजेउप्रान्त सप्तमी) ज्येष्ठा नक्षत्र (८ः५५ बजेदेखि मूल)। चन्द्रराशि– वृश्चिक, ८ः५५ बजेेदेखि धनु। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४७ बजे र सूर्यास्त : साँझ ०६:१४ बजे,

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०६:२२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०० बजे र सूर्यास्त : साँझ ०६:२७ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । कर्मप्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ । वैदेशिक कार्य र विद्यामा सफलता मिल्नेछ !
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाटसफलता मिल्दैजानेछ भने बैदेशिक यात्रा तय गर्न सकिनेछ । साथीभाइबाट सहयोग प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । नयाँ काम सुरु गर्ने समय आएको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दिनको सुरुमा केही कठीन परिस्थितिको सामना गर्नुपरेपनि मध्य दिनपछि रोकिएका अधूरा कार्यले पूर्णता पाउनेछ । शिक्षामा पनि राम्रो नतिजा पाईनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्यहरू पनि ओझेलमा पर्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ व्यक्ति संग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । श्रमको उचित मुल्याङ्कन पनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । विपक्षीको छलकपटबाट सावधान रहनुपर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ । रोकिएको धन पनि हात पर्ला।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार