• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओलीले दिए आश्चर्यजनक अभिब्यत्ति, प्रचण्डलाई भने तपाई यस्तो गर्नुस् म राजिनामा दिन्छु


काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आश्चर्यजनक अभिब्यक्ति दिएका छन् । उनले माओवादी केन्द्रले सरकारलाई दिएको
समर्थन फिर्ता गरे आफूले राजीनामा दिने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन अझै

फिर्ता लिएका छैनन् । यद्धिपी उनले ओलीको राजिनामा माग्दै आएका छन् ।शनिबार प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत १६५ सडक निर्माण कार्यक्रमको शुभारम्भ कार्यक्रममा सरकारलाई दिएको समर्थन फिर्ता लिए राजिनामा दिने बताएका हुन्।उनले आफ्नो राजीनामा अहिले मात्रै नभएर पटकपटक मागिँदै आएको बताउँदै उनले मागपिच्छे आफूले राजीनामा दिन नसक्ने बताए। उनले आफूलाई हटाउन आग्रह गरे पनि समर्थन फिर्ता नलिइएको बताए।‘प्रधानमन्त्रीको राजीनामा आज मागिएको होइन्, मागिएको मागिएइ छ त। मागैपच्छिे म कसरी दिनसक्छरु एउटाले माग्दैन, एकदिन माग्दैन, दुईदिन माग्दैन, माग्या छ माग्या छ’, उनले भने, ‘ए बाबा, हटाउ न त। समर्थन फिर्ता लिइदेउ भन्छु त्यो पनि लिँदैनन्।

अनि राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न।’ उनले समर्थन फिर्ता पनि नगर्ने राजीनामा पनि माग्न नछाड्ने काम चलिरहेको र मिडियाले पनि मेलम्चीको पानीभन्दा प्रधानमन्त्रीको राजीनामालाई महत्व दिएको भन्दै आक्रोश व्यक्त गरे।प्रधानमन्त्रीओलीले ताजा जनदेशबाट अहिलेको संसदीय अंकगणित हेरफेर नगरे देश अगाडि नबढ्ने दाबी गरेका छन्। शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत १६५ सडक निर्माण कार्यक्रमको शुभारम्भ कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको देशको आश्यकता र संसदीय अंकगणित मेल नखाएको बताए।

अझै बोल्न छोडेनन् सुर्य थापा, माधव नेपाललाई भने विजोग होला है
काठमाडौ । दुई दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गरेको असंवेदनशिल टिप्पणीका कारण ट्वीट नै हटाउन बाध्य भएका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेरी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई ब्यग्य गरेका छन् । उनले नेपाल नेतृत्वको समूह अँध्यारो सुरुङमा फसेको टिप्प्णी गरेका छन् ।आफ्ना विरोधीहरुलाई आगो ओकल्ने थापाले नेपाल समुह र माओवादी केन्द्रलाई खरो टिप्पणी गर्ने गरेका छन् । उनले नेपाल समूह सुरुङबाट अगाडि जान पनि नसक्ने र बाहिर निस्कन पनि नसक्ने ठाउँमा पुगेको बताएका छन्।

शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै उनले नेपाल समूहसँग पार्टी, चुनाव चिन्ह र राजनीतिक एजेन्डा पनि नभएको आरोप लगाएका छन्। उनले गुट र समानान्तर समिति बनाउने रवैया र आत्मनिन्दाको बाटो छाडेर संयमित हुन आग्रह गर्दै त्यसो हुन नसके नेपाल समूहको विजोग हुनेचेतावनी समेत दिएका छन्।‘माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेको छ, जसको बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन१ साथमा न पार्टी, न चुनाव चिन्ह, न त राजनीति नै छ। गुट, समानान्तर रवैया र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागी संयमित हुन जरूरी छ। नभए विजोग होला है१’, थापाले ट्विटरमा लेखेका छन्।

ओली एकलौटी रुपमा चल्न थालेको भन्दै नेपाल–खनाल पक्ष सँगै जान नसकिने निष्कर्षसहित समानान्तर पार्टी सञ्चालनको तयारी गरिरहेको बेला थापाको यस्तो टिप्पणी आएको छ। केही जिल्ला र जनवर्गीय संगठनमा उक्त समूहले समानान्तर समिति समेत गठन गरेको छ। नेता नेपालले अब पार्टी कार्यालय पनि छुट्टै संचालन गर्ने भन्दै त्यसका लागि भवन खोजिरहेको बताएका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार