• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

राष्ट्र बैंककी निर्देशक बिरुद्ध आफ्नै आमाले हालिन यस्तो उजुरी, पक्राउ गर्यो प्रहरीले


काठमाडौंः लामो छलफल र काउन्सिलिङपछि प्रहरीले आइतबार एक महिलालााई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल राष्ट्र बैंककी निर्देशक समेत रहेकी सुष्मा रिमाल रेग्मीलाई नियन्त्रणमा लिएको हो। रेग्मीविरुद्ध ९ महिनाअघि उनकै

८४ वर्षीय आमाले प्रहरीमा उजुरी दिएकी थिइन्। ‘यो धेरै अगाडिको घटना हो। हामीले दुबै पक्षलाई बोलाएर सम्झाएका थियौं। तर पछि पनि त्यही विषय आएपछि नियन्त्रणमा लिएका हौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले भने। ९ महिनाअघि सुष्माकी आमाले सम्पति पाएपछि छोरीले आफूलाई बेवास्ता गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसपछि प्रहरीले सुष्मालाई बोलाएर आमाको हेरचाह गर्न भन्दै सम्झाएर पठाएको थियो। त्यसपछि पनि आफूलाई बेवास्ता गरेको भन्दै आमा प्रहरीमा पुगेपछि सुष्मालाई नियन्त्रणमा लिइएको एसएसपी सिंहले जानकारी दिए।

जेष्ठ नागरिक ऐन अन्तर्गत जाहेरी परेपछि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। सुष्माले यसबीचमा अदातलबाट पक्राउबारे अन्तरिम आदेश समेत लिएकी थिइन्। त्यो खारेज भएपछि प्रहरीले थप कारबाही प्रक्रिया अगाडि बढाएको थियो। अदालतबाट दुई दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

८४ वर्षीय आमाको उजुरीपछि समातिइन् राष्ट्र बैंककी निर्देशकः आरोप, ‘सम्पति लिएर हेरचाह नगरेको’

‘झन्डै तीन करोड रुपैयाँ लिएर आफूलाई छोरीले हेरचाह नगरेको उजुरी दिनुभएको थियो। थप अनुसन्धान भइरहेको छ,’ एसएसपी सिंहले भने।

प्रकाशित मिति : २०७७ चैत्र २२ गते आइतवार