• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

यसरि ओली बन्दैछन नेपाली राजनीतिको बादसाह ! यस्तो छ नयाँ योजना


काठमाडौं।सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी ओलीको राजिनामा माग्ने राजनीतिक दललाई लागेको थियो अब ओलीका दिन सकिए । तर अहिले दिन प्रति दिन ओली थप शक्तिशाली बन्दै गएका छन् । सर्वोच्च अदालतले नेकपा एकता भंग

गरिदिएपछि ओली थप शक्तिशाली बन्दै गएका छन् । प्रधानमन्त्रीकै राजीनामा माग्ने दल माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकेको छैन भने नयाँ सरकार गठनको प्रकृया सुरु भएको छैन ।यो सबै कुराले फेरी पनि ओली बलियो हुँदै गएको संकेत देखा परेको छ । प्रधानमन्त्री ओलीले संसद भंग गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेका थिए । सर्वोच्च अदालतले संसद विघटन असंवैधानिक भन्दै पुनस्र्थापना गर्ने फैसला सुनाए पनि फेरी देशलाई चुनावमा लाने प्रयासले फेरि गति लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार बनाउने प्रयास चलिरहेपनि सफल हुन नसकेपछि देश मध्यावधि चुनावतर्फ बढ्ने सम्भावना बढेको हो ।

त्यसका लागि नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उनको चाहनाकै पक्षमा देखिएका छन् । जसका कारण नयाँ सरकार समिकरणको योजना सफल हुन सकेको छैन ।

कानुनत ओली सरकार बहुमतमा छ । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता नलिएका कारण उनको वहुमत कायम छ । यदि माओवादीले समर्थन फिर्ता लिए मात्र ओली अल्पमतमा पर्छन । त्यसपछि ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

विश्वासको मत लिन नसकेपनि ठुलो दलको हैसियतले ओली नै फेरि प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ । त्यतिबेला देशलाई संविधान बमोजिम अर्ली इलेक्शनमा लाने अवस्था रहन्छ । अन्तत ओलीकै चाहना बमोजिम मुलुक निर्वाचनमा जाने संकेत देखिएको हो ।

प्रकाशित मिति : २०७७ चैत्र २३ गते सोमवार