• २०८१ भाद्र २३ गते आइतवार
  • Preeti To Unicode

पश्चिम बंगलको जल्पाइगुडी केन्द्रविन्दु भएर ५.८ रेक्टरको भूकम्प, धक्का नेपालसम्म


काठमाडौँ — भारतको पश्चिम बंगलको जल्पाइगुडी जिल्लास्थित बिनागुडी केन्द्रविन्दु भएर सोमबार राति भूकम्प गएको छ।सोमबार
राति ९ बजेर ४ मिनेटमा ५.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले जानकारी दिइन्।भूकम्पको

धक्का नेपालीका पूर्वी जिल्लालगायत अन्य भागहरुमा महसुस गरिएको थियो । सिक्किममा गएको भूकम्पको धक्का नेपालसम्म
काठमाडौं । भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको छ । सोमबार साँझ सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार भूकम्पको झट्का नेपालको पूर्वी भूभागमा समेत महसुस भएको थियो । ‘जनकपुरसम्म पनि भूकम्पको ठूलो झट्का महसुस भएको जानकारी पाएका छौं’, उनले भने ।

लाइसेन्स लिन ७० को उत्तीर्णाङ्क, यस्ता गल्ती गर्दा काटिन्छ नम्बर
सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि नयाँ नियम ल्याएको छ । आगामी जेठ १ गतेदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू गर्न लागेको हो ।

जेठ १ देखि लागू हुने सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा लिखित र प्रयोगात्मक (ट्रायल) दुबै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ ।हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ निर्देशिका लागू गर्नेबारे प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने बताए । निर्देशिकाले लिखित परीक्षा विद्युतीय माध्यमबाट र प्रयोगात्मक परीक्षा कम्प्युटरमा आधारित स्वचालित प्रणालीको प्रयोग गरेर अंक दिनसक्ने गरी सञ्चालन गरिने बताए ।

प्रकाशित मिति : २०७७ चैत्र २३ गते सोमवार