• २०८१ जेष्ठ ७ गते सोमवार
  • Preeti To Unicode

दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक गर्ने ह्याकर समातिए


काठमाडौंः कलाकारको फेसबुक ह्याक गरेर रकम मागेको अभियोगमा प्रहरीले एक बालकलाई नियन्त्रणमा लिएको छ। नेपाल
प्रहरीको साइवर ब्युरोको टोलीले पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ५ बस्ने १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएको हो। पर्सा प्रहरीको

सहयोगमा बालकलाई नियन्त्रणमा लिएको ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए।’अभियुक्त नाबालक हुन्। उनले विभिन्न लिङ्कबाट ह्याक गरेको देखियो। थप अनुसन्धान भइरहेको छ,’ एसएसपी अर्यालले भने।कलाकार दिपाश्री निरौला र सरोज खनालले आफ्नो फेसबुक ह्याक भएको भन्दै केही समयअघि ब्युरोमा निवेदन दिएका थिए। अभियुक्त बालकले विभिन्न कलाकारको फेसबुक ह्याक गरेर फेसबुकमा जोडिएका साथीहरूसँग पैसा माग्ने गरेको उजुरी परेको प्रहरीले जानकारी दिएको छ। विद्युतीय कारोबार ऐन २०६३ बमोजिम जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तथ्यांकसम्बन्धी फेलोसिप सञ्चालन हुँदै
तथ्यांक सम्बन्धी सीप विकास गर्ने उद्देश्यले मुलुकमा हालसम्मकै ठूलो फेलोसिप कार्यक्रम सञ्चालन हुने भएको छ । यो कार्यक्रममा ५ सय भन्दा बढी नेपालीलाई सहभागी गराइनेछ ।फेलोसिप कार्यक्रमको कुल बजेट करिब दुई करोड नेपाली रुपैँया बराबर छ । फेलोसिप कार्यक्रम विश्वभर नै तथ्यांकसम्बन्धी सीप सिकाउँदै आएको डाटा क्याम्पको विशेष सहयोगमा हुन लागेको हो ।सहभागीहरुलाई तालिममा सघाउने र त्यसपछिका सम्भावित अवसरका खोजीमा सहजीकरण गर्न ओपन नलेज नेपाल र कोड फर नेपाल नामक दुई संस्थाले साझेदारी गरेका छन् । फेलोसिप कार्यक्रममा छनोट भएका व्यक्तिहरुले आफ्नो अनुकुलमा विज्ञ व्यक्तिबाट तथ्याकंसम्बन्धी सीप सिक्न पाउनेछन् ।

यस तालिमको अवसर पाएपछि उनीहरुले आफ्नो दक्षता नेपालमा मात्र नभई विश्व बजारमै तथ्यांक वैज्ञानिक (डाटा साइन्स), तथ्यांक इन्जीनीयर (डाटा इन्जिनियर) र तथ्यांक विश्लेषक (डाटा एनालिष्ट) जस्ता पदमा जागिर वा काम पाउनसक्ने सम्भावना रहन्छ । डाटा क्याम्पमार्फत् कुनै सहभागीले तोकिएको कोर्ष पूरा गरेपछि अरु सीप सिक्न चाहेमा उनीहरुका लागि आयोजकले थप सहयोग गर्ने जनाइएको छ ।

तथ्यांकसम्बन्धी फेलोसिप कार्यक्रम किन ?
अहिले विश्वमा हरेक कुराको डिजिटल रुपान्तरण भइसकेको छ । र, यस्तो अवस्थामा तथ्यांकसम्बन्धी सीपको टड्कारो आवश्यकता र महत्व रहेको महशुस भएको छ । तथ्यांक पत्ता लगाउने, त्यसबारे विश्लेषण गर्ने र प्रयोग गर्ने कामले आफ्नो व्यावसायिक क्षेत्रमा मात्र नभइ यसले एउटा अर्थपूर्ण जीवन बिताउन समेत सहयोग गर्छ ।

कुनै व्यक्तिले आफ्नो व्यक्तिले आफ्नो निजी र व्यावसायिक व्यक्तित्व विकास गर्न अत्याधिक इच्छुक छ र, आफ्नो समुदायमा भएका चुनौतीको सामना गर्न चाहन्छन्, भने त्यस्ता व्यक्तिका लागि यो फेलोसिप कार्यक्रम फाइदाजनक हुन सक्ने आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार