• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

अन्तत: प्रचण्ड र मोहन बैध्य संग एकता गर्ने नेपाल पक्षको तयारी ( भिडियो सहित )


ओलीले भित्तामा फालेपछि नझुक्ने माधवको निष्कर्ष, प्रचण्ड र मोहन वैद्यसंग मिलेर फरक पार्टी बनाउने
हेर्नुस भिडियो

एमाले–माओवादी ब्युँतिदा प्रदेशमा काँग्रेसलाई झड्का !
तीन प्रदेशमा प्रतिपक्षी भूमिका खोसिँदै, दुईवटामा सत्ताको खेलबाटै ‘आउट’
काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढेपछि कतिपय प्रदेशमा नेपाली काँग्रेस निर्णायक बनेको थियो । फागुन २३ पछि एमाले र माओवादी कानूनीरुपमै चोइटिएपछि भने काँग्रेस एकाएक ‘कर्नर’ मा धकेलिएको छ ।

नेकपा चोइटिएर एमाले र माओवादी बनेपछि दुईवटा प्रदेशमा नेपाली काँग्रेस सत्ताको खेलबाटै बाहिरिएको छ भने तीनवटा प्रदेशमा उसको प्रतिपक्षी भूमिका खोसिएको छ । काँग्रेसको हातबाट प्रदेश सरकार निर्माणको चाबी मात्रै होइन, केही प्रदेशमा विपक्षी हैसियत पनि गुमेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाभित्रको अन्तरविरोधले प्रदेश नम्बर १ र बागमती प्रदेशमा सरकार जोगाउन तथा नयाँ बनाउन काँग्रेसको साथ अनिवार्य बनेको थियो । तर, फागुन २३ गते सर्वोच्चले नेकपा खारेजीको फैसला सुनाएपछि सातवटा प्रदेशमध्ये प्रदेश १ र बागमतीमा एमालेको एकल बहुमतमा वर्तमान सरकार कायम रहने अवस्था बनेको छ । यी दुई प्रदेशमा एक्लै सरकार चलाउने गरी एमालेसँग स्पष्ट बहुमत छ ।

सत्ताको खेलमा काँग्रेसको औचित्य सकियो
प्रदेश १ को कुल ९३ सदस्यीय प्रदेशसभामा एमालेको ५१ सिट छ । सरकार जोगाउन वा बनाउन त्यहाँ ४७ सिट भए बहुमत पुग्छ । प्रदेश १ मा एमाले बाहेकको सरकार बन्ने अवस्था छैन ।प्रदेश १ मा माओवादीको १४ (एक सांसदमाथि कारबाही) सिट छ । काँग्रेसको २१ सीट छ भने अन्य साना दलसँग ५ सिट छ ।

एमाले र माओवादी केन्द्र साविकको अस्तित्वमा फर्किँदा पनि प्रदेश १ मा काँग्रेसको प्रतिपक्षी हैसियत कायमै रहने देखिन्छ । अब प्रदेश १ मा एमालेपछिको ठूलो दलका हैसियतले काँग्रेस प्रमुख प्रतिपक्षी नै रहने भएको छ ।

तर, नेकपा खारेजीपछि सरकारमा जाने काँग्रेसको सपना भने साकार हुन सकेन । प्रदेश १ मा तत्कालीन अवस्थामा प्रचण्ड–नेपाल र ओली पक्षका लागि सत्ता निर्माण गर्न र जोगाउन काँग्रेसको साथ अनिवार्य थियो । तर, एमाले र माओवादी केन्द्र साविककै अवस्थामा पुगेपछि सत्ताको खेलमा काँग्रेसको औचित्य सकिएको हो ।

प्रकाशित मिति : २०७७ चैत्र २५ गते बुधवार