• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

अचानक देउवाले खेले यस्तो खेल, ओली अब कसरि अघि बढ्लान ?


नेपाली कांग्रेसले शुक्रबार प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि शुक्रबार अपरान्ह ३ बजेका लागि नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी नेपालका शीर्ष

नेतालाई छलफलका लागि आमन्त्रण गर्नुभएको हो । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो ।नेताहरुका अनुसार देउवाले भोलि आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुवै दलको आधिकारिक धारणा माग्नेछन् । माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत देखिएको छ भने जसपा विभाजित छ ।

संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने मत राख्छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छन् ।उनीहरुले रेशम चौधरीलगायतका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई मुद्दा बनाएका छन् ।कांग्रेस नेताहरुले रेशमको रिहा बाहेकका मुद्दा

सम्बोधन गर्न तयार रहेको बताएका छन् । सहमहामन्त्री डा. प्रकाशशरण महतले पनि तीन दल ओलीको विकल्प खोज्न तयार भए न्यायोचित विषय अगाडि बढाउन सकारात्मक रहेको बताए ।

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार