• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

खुट्टै नटेक्ने मान्छे प्रचण्डलाइ अहिले ओलीले लात हानेपछि ठिक्क भाछ – देउबा ( भिडियो सहित )


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले ठिक्क गरेको टिप्पणी गरेका छन् । वाम एकता भन्दै प्रचण्डले बारम्बार आफुलाई धोका दिएर ओलीसंग हात मिलाउन पुगेको भन्दै उनले पुरानो

प्रसंग उठाएका छन् । उनको ढुलमुले ब्यवहारका कारण अहिलेको राजनीति विग्रिएको उनको तर्क छ । आफुले धेरै पटक प्रचण्डलाई सरकारको नेतृत्व गर्न सुझाव दिँदा उनले नै ओलीलाई अघि सारेको देउवाको भनाई थियो ।

निजामती कर्मचारी युनियन संघको काठमाडौंमा आयोजित विधान अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले प्रचण्डको यस्तो आलोचना गरेका हुन् । उनले नै हिम्मत गरेर सरकारको नेतृत्व गर्नुपर्ने देउवाको भनाई छ । तर अहिले ओलीले लात हानेका कारण फेरी आफुसंग प्रधानमन्त्री बन्ने प्रस्ताव लिएर आएको बताए ।

आमनिर्वाचन लगत्तै आफूले प्रचण्डलाई प्रधानमन्त्री बन्न आफुले प्रस्ताव गरेको उनले खुलाएका छन् । तर प्रचण्डले वाम एकता भन्दै आफुले दिएको प्रस्ताव अस्वीकार गरेको देउवाको भनाई छ । ‘मैले कतिपटक आफै प्रधानमन्त्री बन्नुस भन्दा नमान्ने । आफैले ओलीलाई सत्ता बुझाउने ।

खुट्टै नटेक्ने मान्छे अहिले ओलीले लात हानेपछि ठिक्क भाछ । वास्तविकता यही हो’, देउवाले भने । सभापति देउवाले संसदमा कांग्रेसको संख्या कम भएकाले बैठक समेत बोलाउन नसकेको बताएका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र २७ गते शुक्रवार