• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७७ चैत्र २८ गते शनिवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७७ चैत २८ गते, शनिवार, १० अप्रिल २०२१। चैत्र कृष्णपक्ष, चतुर्दशी तिथि।पूर्वभाद्रपदा नक्षत्र(७ः२९ बजेदेखि उत्तरभाद्रपदा)। चन्द्रराशि– मीन। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०६:१७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय :

बिहान ०५:४७ बजे र सूर्यास्त : साँझ ०६:२६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०६:३१ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग पनि छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिले मन दुखाउन सक्नेछ, सचेत रहनुहोला, तर पनि उमङ्ग र उत्साह यथावत रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तबाट अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिनेछ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बहुमूल्य वस्तु हात पर्नसक्छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रमणीय र सुखद् यात्राको योग छ । प्रभावकारी बोलीले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आदर्श व्यक्तिसँग भेटघाट हुनेछ । मनोरञ्जनात्मक कार्यमा सरिक भइनेछ । शुभ र नयाँ कार्यको चर्चा चल्नेछ, तर समान सामान हराउन पनि सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ समाचार सुन्न पाइएला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेमीको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा मन जानेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार