• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

शिवपुरीको डढेलो निभाउन पानी खसाउँदै सिम्रिक हेलिकप्टर ( फोटो / भिडियो )


काठमाडौँ: शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार लागेको डढेलो नियन्त्रणमा नआएपछि हेलिकप्टर प्रयोग गरी निभाउने प्रयास गरिएको छ । आगो नियन्त्रणमा लिन स्थलगत रुपमा गरिएको प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो

निभाउने प्रयास भइरहेको छ । आइतबार मध्याह्न डढेलो लागेपछि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली आगलागीस्थलमा पुगेको थियो ।

डढेलो नियन्त्रण गर्ने स्थलगत प्रयास प्रभावकारी नभएपछि हेलिकप्टर बोलाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले अन्नपूर्ण अनलाइनलाई बताए । उनले भने, ‘अहिले हेलिकप्टरबाट पानी खसालेर डढेलो नियन्त्रण गर्ने काम भइरहेको छ ।

आगो छिट्टै नियन्त्रणमा आउने जानकारी घटनास्थलबाट आएको छ ।’हेलिकोप्टरमा पानी भर्न होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको बताइएको छ ।

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको हो ।

आइतबार दिउँसो आगलागी भएपछि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि पुगेका थिए।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार