• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

अन्तत: जसपा का सबै नेता एकै ठाउँ ! भयो यस्तो निर्णय ! ओली सरकार अब के होला ?


काठमाडौं । ओली सरकारलाई ढालेर नयाँ सरकार गठनमा तत्काल जान नसकिने जनता समाजवादी पार्टी (जसपा)ले निचोड निकालेको छ । आइतबार बसेको जसपाको बैठकले कांग्रेसको नेतृत्वमा माओवादी केन्द्रसहित मिलेर सरकार बनाउन तत्काल सम्भव नभएको

निचोड निकालेको हो । बैठकमा जसपाका नेताहरुले आ–आफ्ना फरक मत राखेका थिए । ओली सरकारको विपक्षमा रहेका जसपाका नेताहरुले जसरी हुन्छ नयाँ सरकार गठन गर्नुपर्ने बताएका थिए भने वर्तमान सरकारले रेशम चौधरीको मुद्धा खारेज र बन्दीको रिहाइ गरे साथ दिए उस्लाई नै साथ दिने बैठकमा छलफल भएको थियो ।तर, जसपाका धेरै नेताले तत्काल कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव नभएको र तत्काल नयाँ सरकार गठनमा जान नहुने बताएसँगै बैठक स्थगित भएको जनाइएको छ ।जसपाका नेता लक्ष्मणलाल कर्ण आफूहरुका माग जसले पूरा गर्छ उसैसँग सहकार्य गर्ने पार्टीको नीति रहेको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् । उनका अनुसार वर्तमान सरकारले आफ्ना माग पूरा गर्न वार्ता टोली नै गठन गरेर अघि बढेको र जस्ले आफूहरुको माग सम्बोधन गर्छ उसैसँग मिलेर नयाँ सरकार गठन हुन्छ ।

हाल सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. राजनप्रसाद भट्टराई, अर्थमन्त्री विष्णु पौडेल र राजपाको तर्फवाट कर्णको नेतृत्वमा वार्ता टोली गठन गरी पटक पटक अनौपचारिक छलफल भइसकेको छ । तैपनि वार्ता टोलीले अन्तिम निष्कर्ष भने निकालेको छैन ।हाल जसपामा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओली सरकार हटाएर नयाँ सरकार बनाउने पक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र कर्ण वर्तमान सरकारले आफ्ना माग पूरा गरे उसँगै मिलेर सरकार गठन गर्ने पक्षमा रहेको छ ।रेशम चौधरीलगायत बन्दी रिहाइको माग फुकुवा गर्न अनेक बाधा अड्चन देखिएकाले गठन भएको वार्ता टोलीले तत्काल निष्कर्ष निकाल्न सकेको छैन ।

सरकार पक्ष र कांग्रेस-माओवादी पक्षबाट आफ्ना माग पूरा गर्न कुनै विश्वासिलो वातावरण तय नभएपछि जसपा यता न उता जस्तो देखिन्छ । केवल जुन पक्षले साथ दिन्छ त्यहीँ पक्षलाई साथ दिने जसपाको ध्यान छ ।त्यसो त ओली जसपालाई पनि दुई भागमा विभाजित गरेर भए पनि आफ्नै नेतृत्वको सरकार जोगाउन खोजिरहेको छन् ।

किन कांग्रेस नेतृत्वमा सरकार असम्भव ?
कांग्रेसले रेशम चौधरीलगायतका मुद्धा खारेज नगरी नयाँ सरकार गठन गर्न अनुरोध गर्दै आएको छ । तर, जसपाले भने आफ्नो माग पूरा भए आउने नत्र नआउने पटक पटक बसेको बैठकमा भन्ने गरेको छ । यद्यपि, यस विषयमा कांग्रेसले कान नथाप्दा नयाँ सरकारमा गएर धोकाको खेल ब्यहोर्न राजपा चाहँदैन ।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार