• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७७ चैत्र ३१ गते मङ्गलवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७७ चैत ३१ गते, मंगलवार, १३ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, प्रतिपदा तिथि (९ः१७ बजेदेखि द्वितीया)।अश्विनी नक्षत्र (१३ः३१ बजेदेखि भरणी)। चन्द्रराशि– मेष। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३७ बजे र सूर्यास्त : साँझ ०६:१९ बजे, काठमाण्डौं,

नेपालमा सूर्योदय : बिहान ०५:४४ बजे र सूर्यास्त : साँझ ०६:२७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४९ बजे र सूर्यास्त : साँझ ०६:३३ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुनर्मिलनको योग रहेको छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेम जीवन सुखमय हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज जोश जाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पनि पूर्ण हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कार्यमा सफलता पाइनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला, तर साँझमा धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सरकारी निकायको भय रहला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ, तर साथीको साथ पनि पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउला । प्रेममा बाधाका साथै मन कमजोर रहला । वैदेशिक क्षेत्र कमजोर रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ र रमाईलो यात्रा पनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ र सहयोग गर्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ । शेयर बजारबाट पनि राम्रै सफलता मिल्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार