• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

मुख्यमन्त्री बन्ने दौडमा दीपक मनाङे !


गण्डकी प्रदेश सांसद दीपक मनाङेले साना दलको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् । मुख्य-मन्त्री बन्नका लागि आफू तयार
रहेको बताउँ दै उन ले सरकार चलाउ ने कुरा ठूलो नभए को बताए।‘म स्वतन्त्र भइ हालें,जसपा र जनमोर्चासँग कुरा गरेको छु,’उन ले भने,

‘तपाईं हामी मिलेर सरकारमा जाऊँ, मुख्यमन्त्री हामी मागौं। ठूलो कुरा छैन चलाउन। हामीसँग आइडिया छँदैछ। प्रदेश चलाउने कुरा गाह्रो छैन भनेको छु।’
गण्डकी प्रदेशमा सरकार परिवर्तन गर्न विपक्षी दलहरूको दौडधुप छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी सरकार फेर्न लागिपरेको छ। नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धनलाई राष्ट्रिय जनमोर्चाको निर्णय निर्णायक हुन्छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकारलाई अहिले माओवादी केन्द्र र जनमोर्चाको समर्थन छ। माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएसँगै उक्त दलले जुनसुकै बेला समर्थन फिर्ता लिने जनाएको छ भने जनमोर्चाले पनि सरकारको साथ छाड्ने तयारी गरेको देखिन्छ। नयाँ सरकार गठनका लागि विपक्षी दलहरूले माहौल तताइरहँदा गण्डकी प्रदेशसभामा उपस्थित एक मात्र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरूङ) पनि मुख्यमन्त्री बन्ने दौडमा सहभागी भएका हुन्।

साना दलको नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै मनाङेले ठूला दलको समर्थन आफूहरूले लिने बताए। ‘मैले कांग्रेस, एमाले र माओवादीसँग कुरा गरेको छैन, हामी आफैंले सरकार बनाउने हो’, उनले सेतोपाटीलाई भने। गण्डकी प्रदेशसभाको विधान अधिवेशन चैत २५ देखि सुरू भएको छ। अधिवेशनमा सहभागी नभएका सांसद मनाङेले मंगलबारमात्रै काठमाडौंबाट पोखरा आउँदै गरेको बताए। ‘अब समय पनि आयो हेर्नुस्, हामीले यिनीहरूलाई पहिला समर्थन दिएकै हो। जे जे बिग्रिएको छ नि, हाम्रो कारणले बिग्रिएको होइन। उनीहरूकै कारणले बिग्रिएको हो’, उनले भने, ‘अब अरूलाई बनाउने होइन, हामी बन्ने हो।’

कुन पार्टीको समर्थन लिने र कुन पार्टीको नलिने भनेर अहिल्यै सल्लाह गरेर जानुपर्ने उनको भनाइ छ।आफू, जसपा र जनमोर्चा मिल्नुपर्ने भन्दै उनले सानो पार्टीलाई सरकारमा लानुपर्ने बताए। ‘मजदूर किसान पार्टीलाई प्रधानमन्त्री दिँदा के फरक पर्छ ?’ मनाङेले भने, ‘जसले गर्न सक्छ उसैलाई सरकारमा लानुपर्छ।’मुख्यमन्त्री पाए आफूसँग भिजन र टिम समेत रहेको मनाङेले दाबी गरे। उनले भने, ‘अब यो मुख्यमन्त्री चलाउने ठूलो कुरा रैनछ। खाली गफै दिने त हो। काम त केही गरेको छैन। त्यही भएर हामी मजाले सक्छौं। हामीसँग भिजन छ। टिम पनि छ।’ सानो दललाई मुख्यमन्त्री दिँदा देशलाई र ठूला दललाई पनि फाइदा हुने मनाङेले बताए।

नेकपा भएका बेला पार्टी नफुटेको र झण्डा पनि नपाएको अवस्थामा संसदीय दलको बैठकमा नआएर माओवादीले गल्ती गरेको मनाङेको भनाइ छ। दलहरूले सबै कुरा बिगारेका कारण आफूले साना दुई दल जसपा र जनमोर्चालाई मिलेर अघि बढ्न आग्रह गरेको उनले बताए।एमाले संसदीय दलको बैठकमा नियमित गइरहेका मनाङेले अब एमालेले ‘सुसाइड’ गर्नुपर्ने बताए। ‘एमाले म हो भन्नेले सुसाइड गरे नि हुन्छ अहिले त,’ उनले भने।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले अब चुनावमा मुख्यमन्त्रीका लागि आफूलाई भोट दिनुपर्ने उनले बताए।

‘पृथ्वीसुब्बा मेरो दाइजस्तै हो। उहाँले मलाई भोट हाल्ने हो, मुख्यमन्त्रीका लागि। कहाँ मैले भोट हाल्ने हो!,’ उनले भने। मुख्यमन्त्री गुरूङसँग भने आफूले भोट नमाग्ने उनले बताए। ‘मैले उहाँलाई भोट दिनुस् भन्ने होइन, मान्छे हो भने त आफैं दिने हो नि। पहिला हामीले समर्थन दियौं, अब हामीलाई समर्थन गर्ने हो,’ उनले भने। यति धेरै बिगारेर फेरि भोट माग्न नमिल्ने उनले बताए।मुख्यमन्त्रीका लागि साना दल वा आफूमा सहमति भएन भने निर्वाचनमा जानुपर्ने मनाङेको लाइन छ।

‘त्यस्तै पर्‍यो भने चुनाव हुन्छ। हेरौं न त कस्को कति औकात छ। म र दुइटा साना पार्टी जो म बन्छु भनेर आउँछ उसलाई भोट हाल्ने हो। कि मलाई हाल्नुपर्‍यो’, उनले भने, ‘छलकपट गर्न मिल्दैन, कति लुटेको हेर्नु।’जनमोर्चा र जनता समाजवादी पार्टीबाहेक अरू दलसँग आफूले कुरा नगरेको मनाङेले बताए। गण्डकीमा सरकार परिवर्तन गर्न नेतृत्वदायी भूमिका खेलिरहेको कांग्रेसले पनि मनाङेसँग सल्लाह नभएको बताएको छ।

नयाँ सरकार गठन गर्न कांग्रेसले दलहरूसँग वार्ताका लागि बनाएको कार्यदलका संयोजक कुमार खड्काले पनि अहिलेसम्म मनाङेसँग आफूले औपचारिक कुराकानी नगरेको बताए। ‘साथीहरूले सल्लाह गर्दै हुनुहुन्छ, पोखरा आइपुगेपछि भेटवार्ता होला,’ उनले भने।मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर जिते पनि मनाङेपछि नेकपामा प्रवेश गरेका थिए। अहिलेसम्म उनी एमालेकै संसदीय दलको बैठकमा सहभागी छन् भने संसदमा पनि सत्तापक्षमा बस्ने गरेका छन्।

मनाङेले एमालेको साथ छाड्दा प्रदेशसभामा एमालेको २७ मत हुन्छ । संसदमा कांग्रेसको १५, माओवादीको १२, जनमोर्चाका ३ र जनता समाजवादीको २ मत छ। मुख्यमन्त्री गुरूङको सरकारबाट माओवादी बाहिरिएपछि विपक्षी दलहरू जनमोर्चाको निर्णय पर्खेर बसेका छन्। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउन जनमोर्चाको निर्णय पर्खने निर्णय गरेको थियो।

माओवादी र जनमोर्चाका सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आएका छन्। तर अहिलेसम्म फिर्ता गरिसकेका छैनन्।
स्रोत सेतोपाटि

प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार