• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

२०७८ साल वैशाख महिनाको राशिफल, चम्किनेछ यी राशिको भाग्य ( भिडियो सहित )


हुन त वैशाख महिनाको ०१ गते बुधवार परेको छ, तर सूर्यले राशि संक्रमण गरेको समय सूर्योदय पूर्व नै भएकाले यसलाई मङ्गलवारको सङ्क्रान्ति मान्ने चलन छ । वैशाख ०१ गते बिहान ०५स्०१ बजे सूर्यको राशि परिवर्तन भएकाले यस समयमा मीन लग्न, शुक्ल पक्षको द्वितीया तिथि, भरिणी नक्षत्र, प्रीति योग, कौलव करण, काण आनन्दादि योग र मेष राशिको चन्द्रमा रहेको छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले वैशाख महिनाभरि मेष राशिमा विचरण गर्ने गर्दछन्, सङ्क्रान्तिका दिन मेष राशिमा सूर्य, चन्द्रमा र शुक्र, बृष राशिमा मङ्गल र राहु, बृश्चिक राशिमा केतु, मकर राशिमा शनिश्चर, कुम्भ राशिमा बृहस्पति र मीन राशिमा बुध ग्रहको उपस्थिति रहने छ ।

मोटामोटी २र२ दिनमा राशि परिवर्तन गर्ने चन्द्रमाका अतिरिक्त यस महिनामा वैशाख ०१ र १८ गतेका दिन बुध ग्रहले, ०३ गते एकाबिहानै मङ्गल ग्रहले र २० गते शुक्र ग्रहले राशि परिवर्तन गर्ने सङ्केत छ, जसअनुसार शुक्र ग्रहले आफ्नै राशि बृष राशिमा, मङ्गलले मिथुन राशिमा, बुध ०१ गतेदेखि १८ गतेसम्म मेष राशिमा र त्यसपछि बृष राशिमा प्रवेश गर्नेछन् । यो महिना नैसर्गिक रूपमा बक्री रहने राहु र केतुबाहेक अन्य ग्रहहरू बक्री रहने छैनन् । यस महिनाको ०१ गतेदेखि १७ गतेसम्म बुधादित्य योग रहने देखिन्छ । वैशाख ०५ गते राती ०८स्१२ बजे शुक्र ग्रह र १७ गते दिउँसो बुध ग्रह उदाउने सङ्केत छ ।
यस्तो ग्रह परिवेशलाई विश्लेषण गर्दा यो महिना आम जनमानसमा सुखसन्तुष्टि र अनुकूलताको समय रहने छ । सङ्क्रान्तिको समयमा मङ्गलवारको संयोग परेको त्यस्तै यस महिनामा पर्ने पूर्णिमा र अमावस्या ९औंसी० समेत मङ्गलवार परेको हुँदा यो महिना त्यति सजिलो र सहज हुने लक्षण छैन । अग्निभय, चोरभय, यन्त्रभय, आकाश भय र भूमिभयको योग छ । खाद्यान्न तथा किराना, घिउ, तेल आदिको मूल्यमा बृद्धि लक्षण छ, यद्यपि खाद्यान्न र धातुका चिजबीजको मूल्यमा अस्थिरता देखिने समय छ । मौसमजन्य प्रभाव हावाहुण्डरी र हुरीबतासको भय हुनेछ ।

आम जनमानसमा असन्तुष्टि हुने, नाराजुलुस र आन्दोलनको परिस्थिति सिर्जना हुने, साम्प्रदायिक दंगा, वर्गसङ्घर्ष, चोरीडकैती आदि क्रियाकलाप देखा पर्नेछन् । राजनैतिक खिचातानी र सत्ता परिवर्तनको कसरत जारी रहने छ । न्याय र प्रशासन क्षेत्र फितलो बन्ने तथा सैन्य क्षेत्र बलियो बन्ने सङ्केत देखिन्छ । महिनाको दोस्रो र तेस्रो सातामा शेयर बजारमा उतारचढाव देखिए पनि त्यसपछि कारोवारमा स्थिरता देखिने छ । यस महिनाको वैशाख ०३ देखि १३ गतेसम्म र २७ देखि २९ गतेसम्म वर्षा वा बादलको योग बनेको समय हो ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामान्यतया वैशाख महिना भनेको तपाईंको राशिमा सूर्यले भ्रमण गर्ने महिना हो, यो सूर्यको उच्च राशि मानिन्छ । आफ्नै राशिमा रहेको सूर्यको प्रभावले यो महिना सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त गर्नुहुनेछ । धनधान्यमा वृद्धि हुनेछ अथवा यस अवधिमा तपाईं धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनु हुनेछ । यो महिना राशिस्वामी मङ्गलले बृष र मिथुन राशिको यात्रा गर्नेछ । राशिस्वामीको अधिकतम समय पराक्रम भावमा यात्रा हुने भएकाले तपाईंभित्र आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ । राशिमा बसेको सूर्यले सप्तम भावमा नीच दृष्टिले देख्ने भएकाले पतिपत्नीका बीचमा विचारमा वेमेल हुनसक्छ । त्यसैले खासगरी पारिवारिक मामिलामा तपाईंका महत्त्वाकाङ्क्षा त्याग्नु नै जाति हुन्छ । सातौं भाव साझेदारीसँग सम्बद्ध घर पनि हो, त्यसैले यो अवधि साझेदारीमा गरिएको कारोवारमा पनि सकारात्मक फल पाइँदैन । राशिस्वामी मङ्गलको छैटौं भाव, भाग्यभाव र व्यय स्थानमा पूर्णदृष्टि रहने भएकाले यसको प्रभावले लेनदेनको कारोवार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ ।

तर यसको प्रभावले पिता वा पितृतुल्य व्यक्तिसित मनमुटाव हुने वा निजको स्वास्थ्यस्थितिमा आउने उतारचढावले चिन्तित तुल्याउने परिस्थितिसमेत बन्न सक्छ । सामात्यतया यो महिना मेष राशिका जुनसुकै पेसा वा वृत्तिमा संलग्न व्यक्तिले दशम भावमा कर्मेश शनिश्चरको उपस्थिति भएकाले सचेत र सतर्क भएर काम गरेमा पक्का सफलता पाउने समय हो, केही लेख्ने वा अनुसन्धान गर्ने विचार छ भने काम थाल्नुहोला । खासगरी छात्रछात्राका निमित्त पञ्चमेश सूर्यले उच्चताका साथ आफ्नै राशिमा भ्रमण गरिरहेको हुँदा परीक्षा, प्रतियोगिता र वैदेशिक प्रयोजनका शिक्षादीक्षासँग सम्बन्धित कार्यमा राम्रो सफलता सफलता पाउने समय आएको छ, । व्यवसायीहरूका निमित्त कारोवारमा आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले गज्जबले आम्दानी बढ्न सक्ने समय छ ।

जग्गाजमिन, माटो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्री तर्फ राम्रो कारोवार देखिन्छ । सप्तमेश शुक्रले समेत महिनाको २० गतेसम्म तपाईंको आफ्नै राशिको भ्रमण गरेको हुँदा गृहिणीहरूका लागि शुभ छ, इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा वृद्धि हुने समय हो, महिनाको उत्तरार्द्ध गहनागुरिया वा लुगाफाटा किनमेलको योग बनेको छ । सामान्यतया यस महिनाको ०७, ०८, १५, १६, १७, २४, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् । ग्रहजन्य अनिष्ट प्रभावको नाश होस् भन्ने उद्देश्यले तपाईंले राशिस्वामी मङ्गल र अष्टम भावमा बसेको केतु ग्रहको प्रियताका लागि प्रत्येक मङ्गलवार वा बिहीवारका दिन गच्छेअनुसार कुनै गुलियो पक्वान्न कुनै बृद्ध जोगीलाई वा माता दुर्गाको शक्तिपीठमा दान दिनु मुनासिब हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यो महिना तपाईंको राशिबाट सूर्यले बाह्रौं भावको यात्रा गर्ने छ । यो दान, परोपकार, विदेश यात्रा, रोग, बुढ्याइँ र दैनिक खर्च व्यवस्थापनको घर हो । त्यसैले यस अवधिमा खर्चको मात्रामा अचानक वृद्धि हुनेछ, धनमाल हराउने वा चोरी हुने सम्भावना पनि हुन्छ । दुर्जन, व्यभिचारी र फटाहाहरूसँग सङ्गत हुनसक्छ । तर २० गतेपछि राशिस्वामी शुक्रले तपाईंको आफ्नै राशिमा भ्रमण गर्नेछ, त्यसैले यो विपरीत परिस्थिति भए पनि तपाईंले यस अवधिलाई सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक व्यतीत गर्नुहुनेछ । महिनाको प्रारम्भमा विदेशमा बस्ने वा विदेशयात्राको योजना बनाउनेहरूका लागि सुखद समय हुनेछ । आयातनिर्यात, होटलमोटल, यातायात व्यवसायीका लागि आयबृद्धिको अवसर हुनेछ । महिनाको अन्त्यमा दाम्पत्यसुख बढ्ने छ, मनमा प्रेमिल भावनाहरू सल्बलाउन सक्छन् ।

साथीभाइ र मित्रवर्गले पनि हाँकेरताकेका काममा साथ दिनेछन् । उता मङ्गल ग्रह धनभावमा हुने भएकाले अहिले मज्जाले खर्च बढ्ने समय आएको छ, यद्यपि थोरै मिहिनेत गर्दा पनि आयस्रोतलाई राम्ररी उकास्न सक्नु हुनेछ । यस अवधिमा तपाईंभित्रको सिर्जनात्मकताले साकार रूप लिने देखिन्छ, ललितकला, सङ्गीत एवं साहित्यमा रूचि जाग्ने छ । घरपरिवारका सदस्यले काममा सक्दो सहयोग पुर्याउने छन् । यो महिना श्रमिक तथा कर्मचारीका लागि दशमेश शनिश्चरको भाग्यभावमा उपस्थिति रहेकाले पितातुल्य व्यक्तिको सहानुभूति प्राप्त गर्ने समय हो । जोसुकै पाको व्यक्तिलाई सकेको सहयोग गर्नुहोला, भाग्य बदलिने समय छ । महिनाको सुरुमा सप्तमेश मङ्गल र राहुको युति भएकाले गृहिणीहरूले यो महिना लागि आपूूmलाई जानकारी नभएको कुरामा मौन बस्नु वा टाढै रहनु नै राम्रो हो, नत्र अनपेक्षित विवादमा फँस्ने योग छ । पञ्चमेश बुधको समेत बाह्रौं भावको यात्राको समय भएकाले विद्यार्थीहरूका लागि पढाइमा होइन, ध्यान अन्तै केन्द्रित हुने समय छ, तर १८ गतेपछि बुधको अनुकूलताले शुभ परिणाम प्राप्त हुनेछ ।

यो महिना कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीहरू खुसी हुने समय छ । समग्रतामा सङ्घर्ष र असन्तुष्टिपछि सफलता मिल्ने महिना हो, वैशाख महिना । चान्द्रयात्राका आधारमा यस महिनाका ०१, ०९, १०, ११, १७, १८, १९, २६, २७ र २८ गतेका दिनहरू तपाईंका लागि कमजोर रहने हुँदा सचेतता अपनाउनु आवश्यक हुन्छ । यो महिना ग्रहजन्य अशुभताको निवारण होस् र कुनै पनि अनिष्ट फल प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले शिरमा बसेको राहु ग्रहको अशुभता निवारणका लागि श्रीखण्ड चन्दनको एउटा सानो टुक्रा आफ्नो पर्स वा सधैं बोक्ने झोलामा हरहमेशा राख्नु राम्रो हुन्छ, त्यसबाहेक गोमाता वा माता लक्ष्मीको सेवारउपासनाबाट पनि शुभफलमा बृद्धि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
राज्यस्थानमा सूर्यको प्रवेश भएको यो महिना तपाईंको इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा आएको छ । यसै महिनामा राशिस्वामी बुधले एकादश र द्वादश भावको यात्रा गर्ने भएकाले समग्रतामा महिनाको १७ गतेसम्म तपाईंका लागि शुभ प्रभाव रहने समय हो । स्वयं आफैंले वा जीवनसाथीले बढुवारप्रशंसा पाउने योग छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । ०३ गते तपाईंको राशिमा प्रवेश गर्ने लाभेश मङ्गलले तपाईंलाई अधिकतम शुभफल नै प्रदान गर्नेछ, यस अवधिमा कृषिउपज, हाउजिङरप्लटिङ, हातहतियारका विक्रेताका लागि राम्रो हुनेछ । पेसागत रूपमा सेनाप्रहरि र अग्नियन्त्र, एम्बुलेन्स, पर्वतारोहण आदि क्षेत्रका कर्मचारीले बढुवा र प्रशंसा पाउने समय हो ।

तर मङ्गल ग्रह रोग र शत्रु भावको समेत मालिक भएको तथा यसको चौथो र अष्टम भावमा समेत पूर्ण दृष्टि हुने हुँदा यस अवधिमा आमा वा परिवारका कुनै सदस्यको अस्वस्थताले अशान्त रहनु हुनेछ, खर्चको मात्रा बढ्ने छ, अनि नचिताएको ठाउँको निरर्थक भ्रमण हुने वा बसोबास गर्नुपर्ने परिस्थिति बन्नसक्छ, सचेत हुनुपर्छ । यो रिस, घमण्ड र अहंकारमा बृद्धि हुने समय पनि हो । यस महिनाको १८ गतेपछि राशिस्वामी बुधको द्वादश भावको यात्राको समय रहनाले बाध्यात्मक र पारम्परिक काममा खर्चबृद्धि हुने सम्भावना हुन्छ । गृहिणीहरूको हकमा यो महिना सप्तमेश बृहस्पतिले अष्टम भावको यात्रा गरेको समय भएकाले पतिको वा आफ्नै कार्यक्षेत्रमा विविध समस्या हुने तथा घरखर्च धान्न ऋणभार बढ्ने समय हो । त्यस्तै कर्मचारी र कामदारहरूले पनि कर्मेश बृहस्पतिको प्रतिकूलता भएकाले शुभफल पाउने समय छैन, तर इन सर्भिस वा उच्च अध्ययनको आकांक्षाले विदेश यात्राका लागि प्रयास गर्दै हुनुहुन्छ लाभ मिल्ने समय रहने छ ।

व्यापारीहरूले व्यापारमा उतार चढाव नै गर्ने समय छ, तथापि यो महिना जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र संचारका सामाग्रीको कारोवार गर्नेका लागि सन्तोषजनक समय रहनेछ । विद्यार्थीहरूका लागि यो महिना गरेको परिश्रम र अध्ययनप्रतिको समर्पण भावले तपाईंको भावी जीवन र भविष्य निर्धारण हुने लक्षण छ । सामान्यतया यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१, २९, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना ग्रहजन्य अनिष्ट नहोस् र महिनाको अधिकतम समय शिरमा उपस्थित रहने मङ्गल ग्रहको प्रियताका निमित्त तपाईंले श्री गणेश वा हनुमानको पूजाआजा गरेको र दैनिक रूपमा सुन्दर काण्ड वा हनुमान चालिसाको पाठ गरेको राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
यस महिनाको पहिलो दिन कर्मक्षेत्रमा राशिस्वामी चन्द्रमाका साथमा सूर्य, शुक्र र बुध उपस्थित रहेको परिस्थिति छ, अनि मूलतः कर्मक्षेत्रमा सूर्यको विशेष प्रभाव रहने महिना हो, वैशाख महिना । त्यसैले यो अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । त्यस्तै मिहिनेत गरेमा नयाँ व्यवसाय वा रोजगारीको प्रबल सम्भावना हुन्छ, साथै गरीआएको काममा बढुवा वा प्रगति हुनेछ । अत्यधिक सफलता र सम्मान प्राप्त हुनेछ । धार्मिक र सामाजिक क्षेत्रको कुनै प्रमुख व्यक्तिसित सम्पर्क हुनसक्छ ।

व्यवसायिकरव्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ, अनि गरेको प्रयासअनुरूप अधिकतम आर्थिक समस्याहरू हल गर्न सकिने छ । सप्तमेश शनिश्चर सातौं भावमा नै रहेकाले दाम्पत्यसुखमा बृद्धि हुनेछ । त्यस्तै यस महिना कर्मक्षेत्र र पञ्चम भावको मालिक मङ्गल ग्रहले बाह्रौं भावको यात्रा गर्ने भएकाले केही अशुभ परिणाम पनि प्राप्त हुनेछन् । खुट्टा तान्ने र कुरा काट्नेहरूको षडयन्त्रको तानाबुनामा पर्ने र मानसिक आरोहअवरोहको सामना गरिरहनु पर्ने हुन्छ । त्यस्तै दैनिक व्यवहार र घरायसी प्रयोजनमा ह्वात्तै खर्च बढ्ने परिस्थिति बन्नेछ । पेसागत रूपमा विश्लेषण गर्दा कर्कट राशिका श्रमिक तथा कर्मचारीका लागि कार्यालयभन्दा बाहिरको काममा बढी दौडधूप गर्नुपर्ने परिस्थिति देखिन्छ, दशम भावमा अधिकतम ग्रहहरूको उपस्थिति रहेकाले यो जिम्मेबारी प्राप्त गर्ने र काम गरेर प्रतिष्ठा दिलाउने समय हो । वरिष्ठ व्यक्तित्व वा सत्तावान् व्यक्तिका साथको सम्बन्धमा सुधार आउने छ । गृहिणीहरूका लागि सबै कार्य सोचेअनुरूप नै सम्पन्न हुने समय हो । मन आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित हुनसक्छ ।

कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । विद्यार्थीहरूमध्ये विदेशमा वा घरबाहिर बसेर अध्ययन गर्नेका लागि समय ठीकै देखिन्छ, तर घरैमा बस्नेले पढाइमा भन्दा पनि खेलबाड र मनोरञ्जनमा समय दिने परिस्थिति बन्नेछ । व्यवसायीहरूका निमित्त यो महिना व्यापार र लेनदेनको कारोवारबाट राम्रै फाइदा हुनेछ । फलाम, कोइला, पेट्रोलियम पदार्थ आदिका व्यवसायीले कारोवारबाट सन्तोषको अनुभूति गर्नुहुनेछ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २२, २३, २४ र ३१ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना देखिएका ग्रहजन्य कमजोरी हटाउनका लागि अष्टम भावमा बसेका भाग्येश बृहस्पतिको अनुकूलताका लागि तपाईंले आफ्नो परिवारको परम्पराअनुसार कुल वा पितृको उद्देश्यले कुनै कर्म गर्नु राम्रो हुन्छ अथवा कुनै अनाथालय वा बृद्धाश्रममा गई भोजनादि प्रदान गरेमा पनि शुभफल प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सूर्य तपाईंको राशिस्वामी हो, यो महिना यसले भाग्यभावको भ्रमण गर्दैछ, भाग्यमा बसेको सूर्यको पराक्रम स्थानमा नीच तर पूर्ण दृष्टि रहने गर्दछ । यो समय तपाईंका निमित्त पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने समय हो । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । सन्तानले उन्नतिरप्रगति गर्नेछन्, कार्यक्षेत्रमा सहजता देखिने समय हो, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय रहेको छ । तर यस महिनामा झैझगडा र मुद्दामामिलाबाट टाढा रहेको जाति हुन्छ । शत्रु र प्रतिस्पर्धीहरू बलिया हुनेछन् । पराइको विश्वास र सहयोग जिते पनि आफन्तले कुरा काट्ने, खुट्टा तान्ने र खिसीट्युरी गर्ने समय छ । तर जस्तो भए पनि धैर्य र संयम भई अघि लम्कीरहेको जाति हुन्छ । सप्तम भावमा बृहस्पति ग्रहको उपस्थिति रहेकाले गृहिणीहरूका लागि यो समय राम्रै रहने छ, घरव्यवहारमा आइपरेका विपरीत परिस्थितिलाई कुशलतापूर्वक निराकरण गरी अघि बढ्ने हिम्मत र आत्मबल बटुल्ने समय छ ।

धनसम्पत्तिको लाभ हुने र पारिवारिक वातावरण सुखद रहने समय छ । नव विवाहिताले बेबी प्लान गर्ने उत्तम समय छ । व्यापारीको हकमा साझेदार, सहयोगी वा व्यवसायिक व्यक्तित्व र ग्राहकहरूसँगको सम्बन्धमा सुधार आउने साथै धनसङ्ग्रह र वचत गर्न थाल्ने फल प्राप्त हुनेछ । कर्मचारीको हकमा राजनैतिकरप्रशासनिक पदका व्यक्तित्व तथा हाकिम वा ठूलाबडासँग सुमधुर सम्बन्ध कायम हुनेछ । जिम्मेवारी वा रोजगारीको प्रकृतिमा बदलाव हुने सङ्केत पनि देखिन्छ त्यस्तै छात्रछात्राका निमित्त पनि यो महिना बलियो देखिन्छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । राम्रो रिजल्ट निकाल्न सकिने, सम्मान प्राप्त हुने र ख्याति बढ्ने समय छ । सामान्यतया यस महिनाको ०७, ०८, १५, १६, १७, २४, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् । ग्रहजन्य कुनै पनि दुष्ट प्रभाव आफ्नो शरीरमा नपरोस् भन्ने उद्देश्यले तपाईंले यो महिना राशिस्वामी सूर्यको उपासना गर्नु वाञ्छनीय हुनेछ, त्यस्तै हरेक दिन सूर्योदय र सूर्यास्तको समयमा ओछ्यानमा ढल्किनु, पल्टिनु वा निदाउनु पनि हानिकारक बन्नसक्छ भन्ने कुराको ख्याल राख्नुपर्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
आठौं भावमा महिनाभरि सूर्य र १७ गतेसम्म राशिस्वामी बुधले समेत यात्रा गर्ने महिना भएकाले वैशाख महिना तपाईंका लागि केही कमजोर महिना नै मान्नुपर्ने हुन्छ । अष्टम भाव सङ्कट र निराशाको घर हो, त्यहाँ बसेको सूर्यले धनभावमा पूर्ण नीच दृष्टि राख्ने गर्दछ । अतः तपाईंले यो महिनाभरि सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । खानपान र आहारविहारको अनुशासन पालना गरेको जाति हुन्छ । आफूबाहेक अभिभावक वा परिवारको कुनै सदस्यको स्वास्थ्यमा समेत नकारात्मकता देखिन सक्छ । पारिवारिक विवादमा संयमता अपनाउनु राम्रो हुन्छ, किनभने मानसिक अशान्ति र बेचैनीको योग छ । शङ्कास्पद कारोवार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला ।

तर अष्टम भावमा बसेका ग्रहले गूढ विद्या, तन्त्रमन्त्र र साधना, गुप्तधन, लटरीरचिट्ठा र वैदेशिक प्रयोजनका काममा शुभ फल प्रदान गर्दछ । १८ गतेपछि परिस्थितिमा सुधार आउने छ । राशिस्वामी बुध ग्रहले भाग्य भावको यात्रा प्रारम्भ गर्ने भएकाले महिनाको उत्तरार्द्धमा भाग्य भावमा राशिस्वामी बुधको प्रवेश हुने हुँदा उक्त समयमा किनमेलका क्षेत्रबाट लाभ प्राप्त हुनेछ । कुनै परीक्षा, प्रतियोगिता वा प्रतिस्पर्धामा समेत सफलता हासिल हुनेछ । विपरीत लिङ्गीहरूबाट सहायता मिल्नेछ । सुखद र लाभमूलक यात्राको सङ्केत छ । पञ्चमेश पाँचौं भावमा नै रहेकाले यो महिना छात्रछात्राका निमित्त प्रसिद्धि र सम्मानमा बृद्धि हुने समय छ, विद्वानहरूका साथमा घुलमिल हुने मौका मिल्ने तथा विपरीत लिङ्गी साथीहरूबाट सहायता मिल्ने देखिन्छ ।

गृहिणीहरूका लागि सप्तमेश बृहस्पतिको षष्ठ भावमा उपस्थिति रहेकाले शुभ हुँदैन, आफ्नै वा पतिको स्वास्थ्यस्थितिले चिन्ता बढाउन सक्छ । त्यस्तै यस अवधि मनमिल्ने सँगिनीसित वा छरछिमेकमा झैझगडा र कलहको योग रहेकाले यस्ता कुरामा पछि हटेको जाति हुन्छ । बन्दव्यापारमा संलग्नहरूका निमित्त लग्नेश र कर्मेश मानिने बुधले महिनाको प्रारम्भमा अष्टमभावमा यात्रा गर्ने हुँदा जुनसुकै काम गर्दा महिनाको उत्तरार्द्धलाई रोजेको जाति हुन्छ । उता कर्मचारीले पनि १७ गतेसम्म जोखिम लिएर काम गर्नु हानिकारक बन्नसक्छ भन्ने बुझ्नुपर्छ । सामान्यतया यस महिनाको ०१, ०९, १०, ११, १७, १८, १९, २६, २७ र २८ गते तपाईंका लागि अशुभ रहने छन् । ग्रहको कुनै किसिमको अनिष्टता नहोस् भन्ने उद्देश्यले राशिस्वामी बुधको बल बृद्धि गर्न तपाईंले दैनिक रूपमा दुर्गा कवचको पाठ गर्ने वा हरेक बुधवार वा शनिवारको दिन पारेर मातृशक्तिको कुनै मन्दिरमा गएर दर्शन गर्ने र श्रृंगारका सामाग्री दान गरेको जाति हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
महिनाको पहिलो दिन राशिस्वामी शुक्र, दशमेश चन्द्रमा, भाग्यपति बुध र लाभ भावको मालिक सूर्यको उपस्थिति रहने छ । त्यसैले तुला राशिका व्यक्तिहरूका लागि अवसर र चुनौतीका साथमा यो महिनाको प्रवेश भएको छ । तपाईंले जीवनसाथी र कारोवारमा सन्तुलन राखेर समय प्रदान गर्नु आवश्यक छ । वैवाहिक जीवनमा देखिएका मतभेद र असन्तुष्टिहरू हटाउने र आपसी सम्बन्धलाई मीठो बनाउने प्रयास गर्नु राम्रो हुन्छ । त्यस्तै कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति बन्नसक्छ, साझेदार, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । सूर्यको पूर्णदृष्टि शिरमा पर्ने भएकाले महिनाको मध्यभागमा ज्वरोजन्य रोगको प्रभाव देखिन सक्छ, अतः व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । त्यस्तै यो मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन पनि तपाईंका कमजोरी बन्नसक्छन् ।

यस महिनाको २० गतेपछि राशिस्वामी शुक्रले अष्टम भावको यात्रा प्रारम्भ गर्नेछ, त्यसैले तपाईंका लागि महिनाको उत्तरार्द्धका तुलनामा पूर्वार्द्ध बढी अनुकूल हुनेछ । त्यस्तै प्रायः वैशाखभरि धनभावको मालिक मङ्गल ग्रहले भाग्य भावको यात्रा गर्नेछ । यसको प्रभावले यो महिना अचानक धनलाभ हुने वा चिट्ठा परे झैं कतैबाट आकस्मिक लाभ जुट्ने सम्भावना पनि देखिन्छ । यो महिना सप्तमेश उच्च गृहमा रहेकाले तुला राशिका गृहिणीहरूमा आडम्बर र दम्भ बढ्ने समय हो । यतिबेला बुद्धि र विवेकले काम नगर्न सक्छ, त्यसैले यस समयमा सावधान हुनु आवश्यक छ । त्यस्तै छात्रछात्राहरूमा पञ्चमेश शनिश्चरले चतुर्थ भावको यात्रा गरेको समय भएकाले वैदेशिक प्रयोजनका उद्देश्य परिपूर्ति गर्ने समय हो, तर सनक र उन्मादबाट प्रेरित भएर गरेको काममा बेफाइदा र नोक्सानी हुनेछ ।

व्यापारीरव्यवसायीहरूले सातौं भावमा उच्च सूर्यको तथा सप्तमेश आफैं उच्च गृहमा रहेकाले खासगरी साझेदारी र सट्टापट्टाको काममा सतर्क हुनु राम्रो हुन्छ । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायीहरूले ऋणभार कम गरी धन सञ्चय गर्ने अनुकूलता पाउनेछन् । अनि कर्मचारीहरूले चाहेको जिम्मेबारी र काम पाउनाले प्रसन्नता जाहेर गर्ने समय छ । सामान्यतया यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१, २९, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना कुनै पनि अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले चतुर्थ भावमा रहेको अढैया शनिको प्रकोप शान्त तुल्याउन दिनैपिच्छे काग, गिद्ध वा भुस्याहा कुकुरलाई खानेकुरा प्रदान गर्ने एवं छोराछोरी, नोकरचाकर वा भाइबहिनीलाई मिश्री, चकलेट आदि गुलियो पदार्थ बाँड्ने बानी विकसित गर्नु राम्रो हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
राशिस्वामी मङ्गलले प्रायः महिनाभरि अष्टम भावको यात्रा गर्ने समय भएकाले त्यत्ति अनुकूल समय देखिंदैन, तर वैशाख महिनाभरि छैटौं भावमा सूर्यको प्रभाव रहने समय भएकाले यो महिना उपयोगी र लाभकारी समय हो भन्दा फरक पर्दैन । अतः समग्रतामा यो महिना मिश्रित प्रभाव रहेको समय हो । यस अवधिमा मौसमी रोगको चाप बढ्ने सम्भावना हुन्छ । यस अवधिमा जोखिमपूर्ण काम गर्नु उचित हुँदैन, जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुनसक्छ । बाटो काट्दा, हातहतियार चलाउँदा र सवारी हाँक्दा निकै सतर्कता अपनाउने समय हो । बेकारका बहस र विवादमा समय बिताउनु पर्छ, रिस र घमण्डले गर्दा अप्ठ्यारामा पर्न सकिन्छ । आफ्ना परिजन र घरपरिवारकै सदस्यका कारण समेत तनावको सामना गर्नुपर्ने हुन्छ । यो परिचित व्यक्तिको निधनको समाचार आउने समय पनि हो । यस भावमा बसेको राशिस्वामीले साधना, हठ र योग आदिमा शुभफल प्रदान गर्दछ । त्यस्तै विदेशमा बस्ने वा वैदेशिक प्रयोजनको काम गर्ने व्यक्तिका लागि समेत यो समय उपलब्धीमूलक रहनेछ । त्यस्तै धनभावको मालिक बृहस्पतिले अहिले चतुर्थ भावको यात्रा गर्दैछ, यसको प्रभावले घरायसी सुखसुविधा बढाउन र चलअचल सम्पत्ति आदिमा खर्च बढ्ने छ, साथै बन्दव्यापारको विकासमा पनि धनव्यय हुनेछ ।

बृश्चिक राशिका विद्यार्थीहरूले पञ्चमेश बृहस्पतिको चतुर्थ भावको यात्रावधि भएकाले पढाइलाई माध्यम बनाएर छात्रवृत्ति वा वैदेशिक प्रयोजनको कुनै कामका लागि परीक्षामा सामेल भएमा उच्चांकका साथमा सफल हुने समय छ । गृहिणीहरूका लागि सुरुमा सप्तमेश शुक्रको छैटौं भावमा उपस्थिति भएकाले त्यत्ति अनुकूल समय हुँदैन, तर २० गतेपछि सप्तमेश शुक्रले सप्तम भावकै यात्रा गर्ने भएकाले महिनाको उत्तरार्द्धमा पतिको कार्यक्षेत्रमा शुभ समाचार सुनिने छ, बढुवा, प्रशंसा वा पुरस्कार पाउन सक्नुहुन्छ, त्यस्तै घरबाहिर भएको जीवनसाथीले घरमा आई सँगै बस्ने अनुकूलता मिल्ने समय पनि हो । कर्मचारी र कामदारले महिनाको पूर्वार्द्धमा राम्रो फाइदा लिनसक्ने समय छ भने व्यापारी र व्यवसायीहरूले पुरानो कारोवार मिलाउने र फँसेको धन उठाउन सक्ने समय देखिन्छ ।

खासगरी यो महिना पर्यटन, खेलकूद, तैयारी पोशाक र स्वास्थ्यक्षेत्रका कारोबारीले सफलता पाउने समय रहेको छ । महिनाको अन्तिमतिर घरायसी प्रयोजनमा खर्च बढाउने परिस्थिति बन्नेछ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २२, २३, २४ र ३१ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना कुनै पनि अनिष्टता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले दैनिक रूपमा हनुमान् चालिसाको पाठ गर्ने वा मङ्गल ग्रहको बीज मन्त्रको नित्यप्रति जाप गर्नु राम्रो हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भाग्येश सूर्यले पाँचौं भावको यात्रा गर्ने तथा त्यहाँ बसेर राज्य स्थानमा पूर्ण दृष्टिले देख्ने महिना भएकाले धनु राशिका जातकहरूका लागि समग्रतामा शुभफल लिएर आएको महिना हो नयाँ वर्ष २०७७ को पहिलो महिना वैशाख । उता राशिस्वामी बृहस्पतिको तृतीय भावमा उपस्थिति तथा सप्तम, नवम र एकादश भावमा पूर्णदृष्टि रहने भएकाले यो मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुने समय हो । धार्मिक कार्यप्रति रुचि जाग्नेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ । आम्दानीका मार्गमा वृद्धि हुनेछ । आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ ।

लोकप्रियता हासिल हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । पञ्चम भावको सूर्यको प्रभावले बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति चाहिं सचेत हुनु जाति हुन्छ । दोस्रो भावमा शनिश्चरको उपस्थिति रहेको र यो अन्तिम साढेसातीको समय भएकाले प्रेम जीवनमा उतारचढाव आउनेछ, प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन, फकाउने र फुस्ल्याउने काममा समय बित्न सक्छ । तर सूर्य र राशिस्वामी बृहस्पतिको प्रभावले यो महिना समग्रमा लाभकारी समय नै हुनेछ । यस समयमा सुखभोग गर्न पाइने छ । पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ । धनसम्पत्तिको लाभ हुने सम्भावना छ । पारिवारिक वातावरण पनि सुखद हुनेछ । पेसा र व्यवसायमा देखिएका अड्चन र बाधा हटाउन तथा शत्रुदमन गर्न प्रयास गरिने छन् ।

पञ्चमेश मङ्गलले यो महिना सप्तम भावको यात्रा गर्ने भएकाले धनु राशिका छात्रछात्राले नचिताएको सफलता प्राप्त गर्ने समय हो, तर किशोररकिशोरी मनोभाव प्रेममय बन्ने र रागात्मक समय भएकाले बरालिने सम्भावना पनि देखिन्छ, सचेत हुनुपर्छ । त्यस्तै सप्तमेश बुधले पञ्चम र षष्ठ भावको यात्रा गर्ने समय भएकाले गृहिणीहरूले आफैंले वा पतिले कार्यक्षेत्रमा प्रगति गरेको समाचार सुन्न पाउनु हुनेछ । यो समय नयाँ जोडीले सन्तानको प्लानिङ गर्ने समय पनि हो । त्यस्तै बन्दव्यापारमा संलग्न व्यक्तिले सरकारी झमेला वा ट्याक्ससम्बन्धी कारोवार मिलाएर झञ्झटबाट मुक्ति पाउने समय छ भने कर्मचारीहरूले कुनै लाभमूलक काममा भ्रमणमा जान पाउने समय छ । सामान्यतया यस महिनाको ०७, ०८, १५, १६, १७, २४, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् । तपाईंले यो महिना दोस्रो भावमा बसेको शनिश्चर ग्रहको प्रियताका निमित्त माँग्ने, थाङ्ने र दिनहीन अवस्थाका व्यक्तिहरूलाई जम्मा पारी गुलियो भोजन गराउने र गर्मीको प्रकोपबाट जोगाउने छाता, जुत्ता, सातुसर्बत आदि दान गरेमा शुभ परिणाम प्राप्त हुने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
तपाईंको आफ्नै राशिमा राशिस्वामी शनिश्चरको उपस्थिति रहेकाले समग्रतामा कमजोर समय छैन । तर सूर्य अष्टम भावको मालिक भएकाले यसको गोचरले वैशाख महिनालाई त्यत्ति अनुकूल र शुभ महिना बनाउन सक्दैन । त्यसैले समग्रतामा मिश्रित परिणाम प्राप्त हुने महिना हो, वैशाख महिना । सूर्यको प्रभावले आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय पनि हो, सवारी हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु ठीक हुन्छ ।

त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुःख पाइने छ, यद्यपि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । पञ्चमेश र कर्मेश मानिने शुक्र ग्रह तथा भाग्येश बुधले पनि यो महिना चौथो र पाँचौं भावकै यात्रा गर्नेछन् । यी दुबै ग्रहको समग्रतामा शुभ फल हुनेछ, खासगरी वैदेशिक प्रयोजनको काम वा रोजगारीका साथमा यातायात र पर्यटन व्यवसायी, होटल, सेवामूलक काम गर्नेले राम्रो लाभ पाउने समय हो । पेसागत रूपमा विश्लेषण गर्दा कर्मेश शुक्रको चौथो भावको यात्रावधि भएकाले मकर राशिका कर्मचारी र कामदारले यो महिना राम्रो लाभ पाउने समय छ । २० गतेभित्र घरबाहिरको योजना, व्यक्तित्व विकासका तालिममा सहभागी हुन, विदेश यात्रा गर्न अनुकूल हुनेछ । त्यस्तै यस राशिका छात्रछात्राले पनि राम्रो परिणाम निकाल्न सक्ने महिना हो । कर्मप्राप्तिका लागि गरेको प्रयास सफल हुनेछ ।

यो महिना गृहिणीहरूले परिवारका बृद्धबृद्धाको सेवासुश्रुषामा समय बिताउनु पर्ने देखिन्छ, सङ्क्रान्तिका दिन सप्तमेश चतुर्थ भावमा देखिएकाले आफ्नो वा पतिका माध्यमबाट विदेश यात्राको प्रयास सफल हुनेछ । त्यस्तै बन्दव्यापारमा संलग्न व्यक्तिका लागिसमेत यो समय पारिवारिक चाहना र इच्छा पूरा गर्नुपर्ने समय देखिन्छ । सामान्यतया यस महिनाको ०१, ०९, १०, ११, १७, १८, १९, २६, २७ र २८ गते तपाईंका लागि अशुभ रहने छन् । यस महिनामा अझ धेरै शुभफल प्राप्त होस् भन्ने उद्देश्यले तपाईंले भगवान् सूर्यनारायण र राशिस्वामी शनिश्चरको भक्तिआराधना र पूजापाठरमन्त्रजापादि गरिदिनु राम्रो हुनेछ । यसका लागि हरेक शनिवारका दिन झिसमिसेमा नै पीपलको रुखमा गई तिलको तेल प्रयोग गरी दियो बाली कम्तीमा ७ पटक परिक्रमा गरी रुखको फेदमा शुद्ध जल चढाउनु समुचित हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सूर्यले तृतीय भावको यात्रा प्रारम्भ गरेको छ र यहाँबाट यसले भाग्य भावमा नीच दृष्टिले नजर लगाएको परिस्थिति पनि छ । त्यसैले सूर्यको प्रभावले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोग लिनरदिन सकिनेछ । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । भाग्येश शुक्र र पञ्चमेश बुधले यो महिना तृतीय र चतुर्थ भावको यात्रा गर्नेछन् ।

त्यसैले महिनाको अन्त्यतिर उच्चकोटिको पारिवारिक सुख मिल्नेछ । परिवारमा सदस्यको सङ्ख्यामा बढोत्तरी हुने सम्भावना छ । सहयोगी हातहरू बढ्नेछन् र मित्रशक्तिबाट लाभ हुनेछ । खर्च धेरै हुनेछ तर आम्दानीका मार्गहरू पनि पर्याप्त रहने छन् । सामान्यतया स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रै छ, तर व्यवसाय वा काममा बढी मिहिनेत गर्नेहुँदा स्वास्थ्यस्थितिमा नकारात्मक असर पर्न सक्छ । तर तपाईंको राशिस्वामी शनिश्चरले बाह्रौं घरको यात्रा गरेको समय छ । यसको प्रभावले जीवनीशक्तिमा कमी भएको महसूस हुनेछ । व्यर्थको काममा लगाव बढ्ने समय हो । परिजनको अस्वस्थताले अशान्त रहनु हुनेछ । खर्चको मात्रा बढ्ने छ । नचिताएको ठाउँमा बसोबास गर्नुपर्ने हुन्छ । यस अवधिमा धार्मिक क्रियाकलापमा संलग्न हुँदा केही हदमा राम्रो परिणाम मिल्ने अपेक्षा गर्न सकिन्छ । सांसारिक दृष्टिकोणले यो श्रेष्ठ समय होइन । पञ्चमेश बुधले यो महिना तृतीय र चतुर्थ भावको यात्रा गर्ने, यसको प्रभावले कुम्भ राशिका छात्रछात्राका लागि यो सकारात्मक समय नै हुनेछ । त्यस्तै यस राशिका गृहिणीहरूका लागि पतिको साथ पाइने साथै सानातिना भोजभतेर, पार्टी वा सामाजिक कार्यमा सहभागी बन्नुपर्ने र छरछिमेकमा सहयोग र लेनदेनको आदानप्रदान हुने समय हो ।

बन्दव्यापारमा संलग्नहरूले रासायनिक वस्तुहरू, पेट्रोलियम, रंग र पेन्टिङ्ग क्षेत्रका कारोबारीले लाभ पाउने समय छ भने कर्मचारीहरूले यस समयावधिमा व्यक्तित्व विकास गर्ने अवसर पाउनु हुनेछ, साथै परीक्षा वा अन्तर्वार्ताको रिजल्ट राम्रो आउने सम्भावना देखिन्छ । सामान्यतया यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१, २९, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना कुनै अनिष्टता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले राशिस्वामी शनिश्चर र भगवान् शिवको उपासना गर्नु बुद्धिमानी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
दोस्रो भावमा षष्ठेश सूर्यको प्रवेश भएको छ, साथै राशिस्वामी बृहस्पतिको बाह्रौं भावको यात्राको समय छ । त्यसैले आर्थिक दृष्टिकोणले तपाईंलाई असन्तुलित बनाउन सक्ने समयको आगमन भएको छ । निवास स्थान अथवा नोकरीको परिवर्तन हुनसक्छ । खर्चको मात्रामा बृद्धि हुनाले अशान्त भइने छ । आफन्तहरूसित नै झैझगडा र विवाद हुनसक्छ । दुष्ट मित्रदेखि सावधान रहनु आवश्यक छ, किनभने उसले प्रतिष्ठामा आँच पुर्याउने प्रयास गर्नेछ । घरपरिवारको कुनै सदस्यको खराब स्वास्थ्य चिन्ताको कारण बन्न सक्छ । सूर्यको प्रभाव विचार गर्दा कमाइका हिसाबले आर्थिक पक्ष राम्रै देखिए पनि सञ्चय गर्ने दृष्टिकोणबाट हेर्ने हो भने यो महिना खासै उपलब्धी लिन सकिने समय हुने छैन । त्यसैले खासगरी दीर्घकालिक लगानी र कारोवारप्रति सचेतता अपनाउनु आवश्यक छ ।

दोस्रो भाव मुख र चेलीबेटीसम्बद्ध भाव पनि हो । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ । पारिवारिक झैझमेला र समस्या बढ्ने परिस्थिति छ, मन विचलित हुनसक्छ । अनि प्रेम जीवन र दाम्पत्य जीवनमा पनि कलहको सम्भावना रहेको छ । दशम भावको मालिकसमेत बृहस्पति भएकाले यो महिना श्रमिक तथा कर्मचारीका लागि अनुकूल समय हुँदैन, अनुभव वा ज्ञानको कमीले निराशा हुने वा असहजता आउने समय हो । गृहस्थीजनहरूले छोराछोरी वा भाइबहिनीका समस्यामा रुमल्लिनु पर्ने परिस्थिति छ । सप्तमेश बुधले यो महिना दोस्रो र तेस्रो भावको यात्रा गर्ने भएकाले गृहिणीहरूका लागि अनुकूल देखिन्छ । गहनागुरिया वा नयाँ वस्त्राभूषण खरिदको योजना बन्नसक्छ । तर मुख छुच्चो हुने समय भएकाले कलह र विवादमा जोगिनु पर्ने समय हो । महिनाको पहिलो दिन पञ्चमेश चन्द्रमाले दोस्रो भावकै यात्रा गरेकाले विद्यार्थीहरूका लागि पनि राम्रो समय छ । मौखिक अभिव्यक्तिका माध्यमले प्रतिष्ठा जोगाउन सकिनेछ ।

व्यवसायीहरूका निमित्त विगतको लगानीको प्रतिफल प्राप्त हुन थाल्नेछ, त्यस्तै कारोवार र हिसाबकिताव क्लियर गर्ने समय हो, मनको बोझ घट्ने र मन चङ्गा हुने समय हो । तर यस अवधिमा नयाँ ऋण, नयाँ कारोवार र नयाँ मान्छे फाप्दैन, याद गर्नुपर्छ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २२, २३, २४ र ३१ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना कुनै पनि ग्रहजन्य दुष्टता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले राशिस्वामी बृहस्पतिको उपासनामा जोड दिनु वाञ्छनीय हुनेछ, यसका लागि पितृसूक्त, श्रीमद्भागवत, श्रीमद्भगवद्गीता वा विष्णुसहस्रनाम स्तोत्रको पाठ गर्नु तथा गाई, गरीबरगुरुबा, ब्राह्मण र बृद्धबृद्धाको सेवा गर्नु मुनासिब हुन्छ ।

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार