• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

जब छोरी-ज्वाईले नै सासु-ससुराको तिन करोड सम्पति हडपे …


काठमाडौं । सासू आमालाई ठगी गरेको आरोपमा जल उत्पन्न प्रकोप नियन्त्रण विभागका पूर्वमहानिर्देशक कमल प्रसाद रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । पुर्पक्षका लागि थुनामा रहेकी नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजालका श्रीमान्‌ हुन्, पूर्वमहानिर्देशक कमल प्रसाद

रेग्मी।८५ वर्षीया आमा शोभा रिजाललाई ३ करोड ठगी गरेको आरोपमा सुष्मालाई गत चैत्र २२ गते महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियाे । हाल राष्ट्र बैंकको निर्देशक पदमा कार्यरत सुष्मा अहिले पुर्पक्षका लागि कारागारमा छिन् ।सोही अभियोगमा उनका श्रीमान् कमल प्रसादलाई पनि शुक्रबार पक्राउ गरिएको हाे । जेष्ठ नागरिकसम्बन्धी कसुरमा उनलाई प्रहरीले पक्राउ गरिएको जनाएको छ ।

सुष्मा र उनका पति कमलप्रसाद रेग्मी मिलेर सासु शोभा रिजाल र ससुरा भुपेन्द्र रिजालको नाममा रहेको ३ करोडभन्दा बढी सम्पत्ति खाएको चार्ज लागेको छ । सोही चार्जमा ज्येष्ठ नागरिक ऐन–०६३ अनुसार श्रीमतीपछि श्रीमानलाई पनि पक्राउ गरिएको प्रहरीले स्पष्ट पारेको छ ।

०७६ मंसिरमा श्रीमान् भूपेन्द्रको मृत्युपछि शोभाले आफ्नो सम्पत्ति छोरी-ज्वाइँको जिम्मामा राखेकी थिइन् । पालन–पोषण गर्ने शर्तमा संरक्षक बनेर सम्पत्तिको जिम्मा लिएकी सुष्माले माछापुच्छ्रे बैंकमा राखेको पैसा र सुन अनधिकृत रुपले निकालेको आमा शाेभाले दाबी गरेकी छिन् ।

आमा ठगी घटना : छोरी सुष्मापछि ज्वाइँ कमल पक्राउ
सुष्मा र उनका पति कमलप्रसाद रेग्मी मिलेर सासु शोभा रिजाल र ससुरा भुपेन्द्र रिजालको नाममा रहेको ३ करोडभन्दा बढी सम्पत्ति खाएको चार्ज लागेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार