• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ वैशाख ०४ गते शनिवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ वैशाख ४ गते, शनिवार, १७ अप्रिल २०२१। चैत्र शुक्लपक्ष,पञ्चमी तिथि (१७ः०३ बजेदेखि षष्ठी)।मृगशिरा नक्षत्र। चन्द्रराशि– वृष, १०ः२० बजेदेखि मिथुन। इटहरी, सुनसरी, नेपालमा सूर्योदय :बिहान ०५:३३ बजे र सूर्यास्त : साँझ ०६:२१ बजे, काठमाण्डौं, नेपालमा

सूर्योदय : बिहान ०५:३९ बजे र सूर्यास्त : साँझ ०६:२९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४४ बजे र सूर्यास्त : साँझ ०६:३५ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । दैनिकी काममा चुनौतीको सामना गर्नुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहन लाभ हुने समय छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । भगवानको आशीर्वादले भने काम बन्नसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । आर्थिक कारोबारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ र शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनसक्छ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । शुभ कार्यको चर्चा पनि चल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका काम पुनः सुरु हुन सक्छन् l सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार