• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

जिल्ला प्रशासन कार्यालय काठमाडौंको १३ बुँदे निर्देशन, के-के गर्न पाइँदैन ? (निर्देशनसहित)


काठमाडौं ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले दोस्रो चरणको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १३ बुँदे निर्देशन जारी गरेको छ।मंगलबार जिल्ला प्रशासनले निर्देशन जारी गर्दै पूर्ण रुपमा पालना गर्न पनि सबैलाई आग्रह गररेको छ।जारी निर्देशनमा सबै शैक्षिक

संस्थाहरु बन्द गर्नेदेखि सिनेमा हल, पार्टी प्यालेस, जिम हल लगायतका मान्छेको भिडभाड हुने ठाउँहरु वैशाख मसान्तसम्म बन्द गरिने जनाइएको छ।त्यस्तै, सार्वजनिक सवारी साधनहरुले पनि स्वाथ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्रै सवारी चलाउन निर्देशन दिइएको छ। २५ जना भन्दा बढी भेला हुन नपाइने, मठमन्दिरमा पूजा तथा प्रार्थना गर्दा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्ने र गराउने निर्देशनमा उल्लेख गरिएको छ।

विराटनगर महानगरपालिकाको कार्यालय प्रवेश गर्दा मास्क र सेनिटाइजर अनिवार्य
विराटनगर महानगरपालिकाले कार्यालयमा प्रवेश गर्ने कर्मचारी तथा सेवाग्राहीहरुलाई मास्क लगाउन र सेनिटाइजर प्रयोग अनिवार्य गरेको छ ।
विराटनगरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नगरपालिकाले कार्यालय प्रवेश गर्नेहरुलाई गेटमा नगर प्रहरी खटाएर मास्क र सेनिटाइजर प्रयोग गर्न लगाएको हो ।

सेवाग्राहीहरुले पनि आप्mनो सुरक्षाका लागि मास्क र सेनिटाइजर तथा सेनिटाइजर नभएको अवस्थामा सावुन पानीले हात धुनु अनिवार्य रहेको बताएका छन् ।
विराटनगर महानगरपालिकामा दैनिक ३० जनामा कोरोना संक्रमित भेटिन थालेको छ भने महानगरपालिकाभित्र रहेका सवै कार्यालयहरुमा हात धुने व्यवस्था मिलाइएको छ ।त्यस्तै, मास्क अनिवार्य गरिएको छ ।

कोरोना संक्रमणको दोश्रो लहर भित्रिएसंगै बजार पसल र कार्यालयहरुमा सेवाग्राहीहरुले मास्क अनिवार्य लगाउन थालेका छन् ।महानगरपालिकामा आउने सेवाग्राहीहरुलाई मास्क लगाउन र सेनिटाइजर प्रयोग गर्न अनिवार्य गरिएसंगै मास्क नलगाएका सेवाग्राहीहरुलाई गेटमै मास्क बाँढ्ने गरिएको नगर प्रहरीले बताएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ७ गते मङ्गलवार