• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

कतारको मुद्रा १७ असारदेखि नचल्ने, नेपालीलाई सटही गरिहाल्न राष्ट्र बैंकको आग्रह


काठमाडौं । हाल चलनचल्तीमा रहेको चौथो संस्करणको कतारको मुद्रा नचल्ने भएको छ ।कतार सरकारले जुलाई १ तारिख अर्थात् असार १७ गतेदेखि चौथो संस्करणका बैंक नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेको हो । त्यसैले कतारी रियाल यथाशीघ्र सटही गर्न नेपाल राष्ट्र

बैंकले नेपालीहरुलाई आग्रह गरेको छ ।राष्ट्र बैंकले त्यस्ता नोट भए आगामी २७ गतेसम्म सटही गरिदिने बताएको छ । २७ गतेपछि भने सटही गर्न बाध्य नहुने राष्ट्र बैंकले बताएको छ ।राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने राष्ट्र बैंकका प्रदेशस्थित कार्यालय, विदेशी विनिमयको कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था वा इजाजतप्राप्त मनिचेन्जरहरुबाट कतारी रियाल सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।यसअघि भारतले पूर्वजानकारी नै नदिई नोटबन्दी गर्दा ठूलो परिमाणको भारतीय रुपैयाँ नेपालीले साट्न पाएका थिएनन् ।

आज रामनवमी, अयोध्यापुरीमा राम-सीताका मूर्ति प्रतिस्थापन गरिँदै
चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीका अवसरमा देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि नेपाल तथा भारतका नरनारीको घुइँचो छ ।त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको जेठो छोरोको रुपमा विष्णुको अवतार लिएर श्रीरामको जन्म भएको धर्मग्रन्थमा उल्लेख छ । रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको वाल्मिकीय रामायणमा पढ्न पाइन्छ ।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने धार्मिक विश्वास छ ।गत वर्षजस्तै यस वर्ष पनि कोरोना संक्रमणको जोखिम भएकाले मन्दिरहरुमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार