• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

मेरियट होटलमा ओली र माधवबीच कुराकानी, के भयो सहमति ? हेर्नुस


काठमाडौंप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।उनीहरुबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको हो । बुधबार मात्र नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टी एकता जोगाउन

आग्रह गरेका थिए ।मंगलबार प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना सांसदहरुलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण सोधेका थिए । काठमाडौं : झन्डै विभाजनको संघारमा पुगेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको छ। राजधानीको मेरियट होटलमा अहिले वार्ता जारी छ। वार्तामा पार्टीका नेता तथा अर्थमन्‍त्री विष्णु पौडेल पनि सहभागी छन्। पार्टी एकता जोगाउने विषयमा वार्ता केन्द्रित रहेको बताइएको छ।

ओलीले नेपालसहित २७ सांसदलाई स्पस्टीकरण सोधेर कारबाहीको चेतावनी दिएपछि पार्टी विवादले उत्कर्ष लिएको हो। यसअघि युवा नेता योगेश भट्टराई बुधबार बालुवाटार पुगेर पार्टी एकता जोगाउन एमालेका अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीलाई आग्रह गरेका थिए।

ओलीकै निर्देशनमा एमालेको संस्थापन पक्षले भट्टराईसहित २७ सांसदलाई ओलीले मंगलबार मात्रै दुई दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ।माधवकुमार नेपाल समूहले यो स्पष्टीकरणलाई पार्टी विभाजनको प्रयास गरिएको निष्कर्ष निकाल्दै संभावित कदम रोक्नका लागि अदालतमा समेत निवदेन दिएका छन्।

सर्वोच्चको फागुन २३ को फैसलाअनुसार एमाले र माओवादी केन्द्र अलग अलग हैसियत कायम भएपछि एमालेभित्र फेरि आन्तरिक कलह चर्किएको हो। लामो संवादहिनता तोडिएकोले पार्टी एकताका पक्षमा सकारात्मक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार