• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

यसरि तय भएको थ्यो नेपाल-ओली भेटघाट को चाँजो-पाँजो


काठमाडौं२७ नेतालाई सांसद पदबाट किन ननिकाल्ने भनेर पत्र काटेको भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।दुई नेताबीच म्यारियट होटलमा वान अन वान वार्ता भएको थियो । भेटपछि दुबै नेताले प्रतिक्रिया

दिएका छैनन् । दुई नेताबीच भएको सम्वादको पहेली विस्तारै खुल्दै जाला ।नेताहरुका अनुसार यो भेट पूर्वनिर्धारित भने थिएन । बुधबार आकस्मिक रुपमा तय भएको हो ।नेपाल समूहका नेता योगेश भट्टराई बुधबार विहान बालुवाटार पुगेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेटेका थिए । उनले पार्टी एकता जोगाउनुपर्ने भन्दै विगतका तितामिठा बिर्सिएर अग्रसता लिन ओलीलाई आग्रह गरेका थिए ।सम्वादकै क्रममा अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई टेलिफोन गरेको स्रोतको दाबी छ ।त्यही सम्वादका क्रममा मेरियटको भेट तय भएको हो । भेटका लागि चाँजोपाजो मिलाउन अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगड पुगेका थिए ।

अध्यक्ष ओली र नेता नेपाल होटल परिसरबाट बाहिरिएपछि दुगड पनि त्यही भेटिएका थिए । भेटघाटको चाँजोपाँचो तपाईंले मिलाउनुभएको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘भगवान, भगवान । म त बाइ द वे आएको हुँ ।’दुई ठूला नेता मिलेमा देशका लागि राम्रो हुन्छ भन्दै उनले भने, ‘दुई जना निस्किँदा खुसी मुद्रामा निस्किएको तपाईंले पनि हेर्नुभयो । संकेत राम्रै देखेको छु ।’यसअघि २ चैतमा ओली र नेपालसहित दुबै पक्षका नेताहरुबीच पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको थियो । २८ फागुनमा आफ्नो पक्ष मात्र बसेर गरेको निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको माग अध्यक्ष ओलीले अस्वीकार गरे ।

त्यसयता दुई समूहबीच सम्वाद भएको छैन । बरु नेपाल समूहले देशभर समानान्तर कमिटी बनाइरहेको छ भने ओली पक्षले वरिष्ठ नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गरेको छ ।हालै मात्र नेपाल समूहका चार प्रदेशसभा सदस्यले कर्णालीमा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई जोगाइदिएपछि संस्थापन पक्षले थप कारबाही थालेको छ ।

मंगलबार मात्र २७ सांसदलाई सांसद पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधेका छन् । र, नेताहरुले दिने स्पष्टीकरणका आधारमा १० गते बस्ने महाधिवेशन आयोजक समितिको बैठकले निर्णय गर्ने भनिएको छ ।नेताहरुका अनुसार बुधबार दुई नेताबीच भएको वार्ताले सम्वादको ढोका खोल्छ वा खोल्दैन हेर्न बाँकी नै छ ।

प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार