• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

झाँक्रीले जमिनबाट सुन निकालेर झु’क्या’ए’पछि ……


काठमाडौँ : ‘तपाइको जमिन भित्र सुन छ । म निकाल्दिन्छु ।’ गत पुस महिना को अन्तिमतिर दिनेश मण्डल कल्पना साह (नाम परिवर्तन) घरमा पुग्छन् । धामी झाँक्री को पनि काम गर्ने गर्थे उनी। आफ्नो जमिन मा सुन भएको र निकाल्दिन्छु भने को सुनेपछि कसलाई लोभ

नलाग्ला र! कल्पनाको परिवारलाई पनि त्यही लोभ लाग्यो। उनीहरूले सुन निकाल्न झाँक्रीको रूपमा दिनेशलाई लगाउने भए। दिनेशले पनि झाँक्रीबाट सुन निकाल्ने तयारी गरे। मन्त्र तन्त्र गरे। नभन्दै जमिनबाट सुन निकाले। सुन झन्डै आधा तोला बराबर थियो।कल्पनाको परिवार दिनेशको झाँक्री विद्याबाट प्रभावित भए। नहोस् पनि कसरी जमिनबाट हजारौँ रुपैयाँ पर्ने सुन निकालेका थिए। जमिनमा धेरै सुन भएको तर भारतबाट केही जल ल्याएर थप सुन निकाल्न सक्ने बताए। जल घरको विवाह नभएको युवतीबाट ल्याउने सुझाव समेत दिए। २५ वर्षीय कल्पना अविहित थिइन्। उनलाई नै जल ल्याउन भारत ल्यौजाने तयारी गरे। झाँक्री र कल्पनाको परिवार पनि तयार भयो। माघ १० गते कल्पना र दिनेश जल लिन भन्दै निस्किए। दिन बित्तै गयो।

तर कल्पना र दिनेश फर्किएनन्। उल्टै छोरी चाहिने भए रकम दिनु भन्दै बार्गेनिङ समेत हुन थाल्यो। त्यसपछि मात्र कल्पनाका परिवार झसङ्ग भए।प्रहरीमा उजुरी दिए। प्रहरीले कल्पना र दिनेशलाई खोजी गर्न थाल्यो। मङ्गलवार प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर १९ बस्ने २५ वर्षीय दिनेश मण्डललाई नियन्त्रणमा लियो। कल्पना पनि दिनेशको नियन्त्रणबाट मुक्त भइन्।त्यसपछि दिनेशको ‘सुन फन्डा’को राज खुल्यो। कल्पनाको जमिनबाट दिनेले झाँक्री विद्या भन्दै निकालेको सुन त उनी आफैँले किनेर लगेर गाडेका रहेछन्। विराटनगरबाट किनेर गाडेको खुलेको छ।

‘उसले आफैँ सुन किनेर ल्याएर राखेको देखिन्छ। त्यसपछि ती युवतीलाई लगेको खुलेको छ,’ जिल्ला प्रशासन कार्यालय मोरङका डिएसपी मन्जिल मुकारुङले भने।दिनेशले तीन महिनासम्म कल्पनालाई कञ्चनपुर, वीरगन्ज देशका विभिन्न ठाउँमा बन्धक बनाएर राखेको खुलेको छ। त्यस्तै भारतमा समेत पुर्‍याएका थिए। आफूसँग नहिँडे परिवारका सदस्यलाई मार्दिने धम्की समेत दिएको खुलेको छ।

उनले पीडित परिवारसँग रकम माग्ने र युवतीलाई यौन शोषण समेत गर्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ।प्रहरीले दिनेश विरुद्ध अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणकी गरेको अभियोगमा जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार