• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

सुरेन्द्र पाण्डेको जवाफ लगत्तै ओली–नेपाल भेटवार्ता सुरु हेर्नुस स्पस्टिकरण मा के लेखे ? अब के होला ?


काठमाडौं।नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ पठाएका छन्।चार पृष्ठ लामो जवाफमा पाण्डेलेआफू एमालेको नवौं महाधिवेशनको राजनीतिक प्रतिवेदन , पार्टीविधान र नियमावलीविरुद्ध जाने भन्ने प्रश्नै नउठ्ने जवाफ दिएका

छन्। ‘…नवौं महाधिवेशनबाट पारित राजनैतिक प्रतिवेदन, विधान तथा त्यसको आधारमा निर्मित नियमावलीका विरुद्ध मैले कुनैपनि क्रियाकलाप गर्ने भन्ने प्रश्नै उठ्दैन,’ स्पष्टीकरणको जवाफमा उल्लेख छ ।तर, २८ फागुन र ७ चैतमा ओलीले गरेका निर्णय विधान विपरित भएकाले त्यसलाई सच्याउन लागिपरेको उनले उल्लेख गरेका छन् । यसैका आधारमा अलग पार्टी खोलेको अर्थ लगाउन नमिल्ने पनि पाण्डेको प्रष्टीकरण छ ।

मेरियटमा ओली–नेपाल भेटवार्ता सुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ ।

बुधबार साँझ पनि दुई नेताबीच मेरियट होटलमा छलफल भएको थियो र बिहीबार पुनः कुराकानी हुने भनिएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार