• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

एमालेमा ‌ओलीको नयाँ स्थायी कमिटी : बामदेव समेटिए, नेपाल समूह परेन


काठमाडौंनेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन्।स्थायी कमिटीमा वामदेव गौतमलाई
पनि राखिएको छ । तर, झलनाथ खनाल र माधवकुमार नेपालतर्फ का कसैलाई पनि राखिएको छैन ।स्थायी कमिटी मा केपी शर्मा ओली,वामदेव

गौतम,ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, किरण गुरुङ, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् । एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।

बालुवाटार बैठकको निष्कर्ष : स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’
माधवकुमार नेपाल समूहका नेताहरुले दिएको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ भएको नेकपा एमालेको ओली पक्षले निष्कर्ष निकालेको छ ।अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपक भट्टले स्पष्टीकरण दिएका छैनन् ।

अरुको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ आएको एक नेताले बताए । यद्यपि एउटै प्रकृतिको आएकाले कतै बसेर निर्णय गरेर लेखेको जस्तो देखिएको उनले बताए । सांसद गणेश पहाडी र हिरा केसीले मूलधारमा लाग्ने प्रतिवद्धता जनाएको तथा जयकुमार राई, सोम पाण्डे र कल्याणी खड्काले सुझावसहित स्पष्टीकरण दिएको रिपोर्टिङ बैठकमा भएको छ ।

स्पष्टीकरणमा आग्रहपूर्ण दृष्टिकोण राख्ने र विगतमा गुटगत गतिविधि गरेको भए पनि सच्चिएर आउनेलाई स्पेस दिने तर निहुँ खोजेर उदण्डता देखाउनेलाई कारबाही गर्ने नेताहरुले बताएका छन् । नेताहरुको स्पष्टीकरण र व्यवहार अध्ययन गरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय शुक्रबारको बैठकले गरेको ती नेताले बताए ।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार