• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमाले सदस्यको कार्यविभाजन, नेपाल समूहका नेता जिम्मेवारीविहीन ( हेर्नुहोस् नेताहरुको कार्यविभाजन )


काठमाडौं । नेकपा एमाले ले महाधिवेशन आयोजक समिति का सदस्य को कार्य विभाजन गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले २६५ जना नेताहरुलाई विभिन्न जिम्मेवारी तोकेको छ । तर माधवकुमार नेपाल पक्षका

नेताहरुलाई भने कुनै जिम्मेवारी दिइएको छैन । हेर्नुहोस् नेताहरुको कार्यविभाजन

एमालेमा २६५ जना नेताको कार्यविभाजन, कसलाई के जिम्मेवारी ? (सूची)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले नेताहरुको कार्यभिजान गरेको छ । कार्यविभाजनअनुसार २६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ ।

शेरबहादुर तामाङले पाए एमाले कार्यालय सचिवको जिम्मेवारी
तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूह परित्याग गरि ओली समूहको एमालेमै फर्किएका शेरबहादुर तामाङले एमालेको केन्द्रीय कार्यालय सचिवको जिम्मेवार पाएका छन् ।

शुक्रबार बालुवाटारमा एमालेको महाधिवेशन कमिटीको बैठकले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वकानुन मन्त्रीसमेत रहेका तामाङलाई कार्यालय सचिवको जिम्मेवारी प्रदान गरेको हो ।

एमालेमा यसअघि नै ईश्वरी रिजाल कार्यालय सचिव रहेका छन् । शुक्रबार तामाङ थपिएपछि एमालेमा अब दुई जना कार्यालय सचिव भएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार