• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

मलाई ‘केपी बा’ले ठूलो धोका दिनु भयो : भगवती चौधरी


काठमाडौँ । नेकपा एमालेकी नेता भगवती चौधरी बालुवाटारमा जारी एमाले महाधिवेशन आयोजक कमिटीको बैठकबाट रिसाएर बाहिरिएकी छन्। उनी सुनसरी जिल्ला ईन्चार्जको जिम्मेवारी नपाएको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रिसाएर बैठकबाट बाहिरिएकी हुन्।

सुनसरीमा विजयकुमार गच्छदारलाई निकै चुनौती दिएर चर्चामा आएकी चौधरी पार्टीमा लामो समय काम गरेकी नेता हुन् ।आफूले एमालेको राजनीतिमा लामो समय बिताएको भएपनि पार्टीले आफूमाथि अन्याय गरेको उनको गुनासो छ। उनको स्थानमा ओलीले जगदिश कुशवाहलाई ईन्चार्ज बनाएपछि उनी ओलीसँग रुष्ट हुँदै बैठक छोडेर हिँडेकी हुन्।

शुक्रबार बालुवाटारमा भएको एमाले अध्यक्ष केपी ओली पक्षको बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाउँदा उनले सुनसरी जिल्ला इन्चार्जमा को जिम्मेवारी पाइनन् । आफ्नो दाबी सुनुवाई नभएको भन्दै उनी रिसाइन् ।

त्यसप्रति असन्तुष्टि जनाएर बैठक स्थलबाट बाहिरिएकी उनले अध्यक्ष ओलीबाट आफूले ठूलो धोका पाएको बताएकी छन् । ‘ मैले ओली बाको र पार्टीको सबै कुरा मान्दै आएकी थिएँ, तर यसपटक केपी बाले ठूलो धोका दिनुभयो । मेरो क्षमता र योग्यताको कदर गरिएन,’ उनले भनेकी छन् ।

अध्यक्ष ओलीले गुण्डा राज गर्नेहरुलाई मात्रै स्थान दिने तर इमान भएकोलाई बहिस्कार गर्ने गरिएको उनले टिप्पणी गरिन् । उनले भनिन्, ‘ मेरो योग्यता, क्षमतालाई बहिस्कार गर्‍यो ओली बाको गुटले । विष्णु पौडेलले भन्‍ने एउटा, गर्ने अर्कै रहेछ। उनको गुट दलालीको रहेछ भन्न‍े बल्ल थाहा पाएँ ।

प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार