• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ वैशाख १३ गते सोमवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ वैशाख १३ गते , साेमवार , २६ अप्रिल २०२१ । चैत्र शुक्लपक्ष, चतुर्दशी तिथि ( १२ः१५ बजेदेखि पूर्णिमा )।चित्रा नक्षत्र।
चन्द्र राशि– कन्या, १२ः १६ बजे देखि तुला । इटहरी, सुनसरी, नेपाल मा सूर्योदय : बिहान ०५ : २४ बजे र सूर्यास्त : साँझ ०६ : २५ बजे,

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०६:३४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३६ बजे र सूर्यास्त : साँझ ०६:४० बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत पनि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । व्यवसायमा सफलता पाइनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । धार्मिक यात्राको योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज लाभ,हानी, आय,व्यय, सुख,दुख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ र सफलता मिल्नसक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मन भावुक र उत्ताउलो बन्नसक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुने र प्रेममा मनमुटाव पनि आउला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । पहेंलो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन प्रसन्न रहने र मनमा शान्ति मिल्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । सामाजिक कार्यमा सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुन सक्छ । जोश जाँगर र हिम्मत बढ्ने र शुभ कार्यको योजना बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । कृषि कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार