• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय


काठमाडौँ : काठमाडौँका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने भएको छ । आज बिहान बसेको बैठक ले कोभिड १९ सङ्क्रमण दर बढिरहेका ले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।’गृह

सचिवसँग प्रमुख जिल्ला अधिकारीहरुले छलफल गर्नु भएको थियो। त्यसैका आधारमा निषेधाज्ञा गर्ने तय भएको हो,’ गृह मन्त्रालय स्रोतले भन्यो। १६ गतेदेखि लागू हुने निषेधाज्ञामा सार्वजनिक यातायात ठप्प हुनेछ। साथै निजी सवारी पनि निषेध गरिने निर्णय भएको छ। मानिसका गतिविधि बाक्लो हुने अन्य क्षेत्रमा पनि निषेधाज्ञा लागू हुने छ।

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमितिको सक्रिय सङ्ख्यालाई हेरेर स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिनको लागि सिफारिस गरेको थियो। ठुला शहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकारको सिफारिस गरेको थियो।

काठमाडौं जिल्लामा मात्र आइतबार एक हजार भन्दा बढी सङ्क्रमित थपिएका थिए।आइतवार बसेको सीसीएमसी बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थित नभइ भर्चुअल रुपमा पठन–पाठन गर्न/गराउन पनि निर्देशन दिएको छ। संक्रमण बढेसँगै बाँकेमा निषेधाज्ञा जारी भइसकेको छ।

त्यस्तै मकवानपुरमा समेत सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली लागू भइसकेको छ। अत्यावश्यक सेवा भने निषेधाज्ञाका बिच पनि संचालनमा आउने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार