• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : २०७८ वैशाख १४ गते मङ्गलवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ वैशाख १४ गते, मंगलवार, २७ अप्रिल २०२१। चैत्र शुक्ल पक्ष पूर्णि मा तिथि (९ः२७ बजेदेखि वैशाख कृष्णपक्ष प्रतिपदा )।
स्वाती नक्षत्र । चन्द्रराशि– तुला । इटहरी, सुनसरी, नेपाल मा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त : साँझ ०६ : २६ बजे, काठमाण्डौं,

नेपालमा सूर्योदय : बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०६:३५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३५ बजे र सूर्यास्त : साँझ ०६:४१ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ कार्य गर्ने योजना पनि बन्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । यात्रा लाभदायक र मनोरञ्जनपूर्ण रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अतिथिका रूपमा सम्मान पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ अलङ्कारको प्राप्ति हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हाला । मनमा दुबिधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । मिहिनेत गर्दा प्रगति हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्ने देखिन्न ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )आज अतिथिका रूपमा सम्मान पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )आज मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । बोलीको विपरीत अर्थ लाग्नसक्छ अतः संयम रहनु होला ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार